मेसीलाई छैटौं गाेल्डेन बुट

बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले यस सिजनमा पनि हात पारेका हुन् । उनकाे याे लागतार तेस्राे सिजनकाे जित हाे ।

मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका भन्दा यो संख्या ३ गोल बढी हो । एसजीले शुक्रबार राती भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि मेसीको उपाधि पक्का भएको हो । पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेकाे नाममा ३३ गोल छ ।

मेसीले गोल्डेन बुट हात पारेपनि अहिले उनको दिमागमा च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध खेलले नै स्थान लिएको बताए । ‘मैले गोल्डेन बुट बारे सोचेको छैन । मेरो दिमागमा त्यसबारे केहि छैन । म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु । म आफ्नोबारे पनि सोचिरहेको छैन । यो फाइनल खेल हो । यो जित्न सकेनौं भने हामी अहिले भन्दा खराब अवस्थामा पुग्नेछौं ,’ उनले भने ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!