वृद्धभत्ता  र तलब उल्लेख्या बढ्ने, कर्मचारी खुशी

नेकपा नेतृत्वको सरकारले  आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार रुपैयाँ पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो ।

‘गत वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तीमा पनि पाँच सय रुपैयाँ बढाएर दुई हजार पाँच सय पुर्याउने तयारी गरिएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘स्रोतले भ्याए एक हजार रुपैयाँ पनि बढाउन सकिन्छ । तर, कम्तीमा पाँच सय भने अवश्य बढ्नेछ ।’

ती अधिकारीले १४ गतेसम्म बजेटका स्रोतको हिसाबकिताब भइरहने भएकाले पाँच सय रुपैयाँभन्दा बढी पनि भत्ता बढ्न सक्ने जानकारी दिए । उनका अनुसार तलबमा पनि २० प्रतिशतसम्म वृद्धि गर्ने तयारी गरिएको छ । आजकाे नागरिक दैनिकमा समाचार छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!