यौन आवेगकाे व्यवस्थापन यसरी गर्ने

यौनलाई जति दबाइन्छ, उत्तिनै मनमा यसप्रतिको विकार जम्मा हुन्छ । त्यसैले नराम्रो हर्कत गर्न उक्साउँछ । यौनमा जति खुल्न सक्यो, यौनजन्य जिज्ञासा मेट्ने माध्याम जति सहज हुन्छ, उत्तिनै यौनकुष्ठा कम हुन्छ । जब यौनकुष्ठा रहँदैन, यौनजन्य अपराध पनि हुँदैन ।

यौनजन्य सामाग्री सहज भएपछि त्यसबाट पनि मान्छेले आफ्नो यौन इच्छा मेट्न पाउँछन् । उनले यौनलाई दबाउनु पर्दैन । हस्तमैथुन जस्ता केही विधी छन्, जसले यौन आवेग शान्त गर्न सकिन्छ ।

यौन दवाउने कुरा होइन । यो प्राकृतिक आवश्यक्ता हो । यौन इच्छालाई जति दबाइन्छ, उत्तिनै यसले मनोविकार पैदा गर्छ । त्यही मनोविकारले हो, अश्लिल हर्कत गर्न उक्साउने ।

तर, हाम्रो समाजमा  यौनलाई ‘छाडा’ भन्ने गरिन्छ । भित्रभित्रै यौन-आवेग पैदा भएपनि बाहिर भने दबाइन्छ । यौन सम्बन्धी उठ्ने जिज्ञास मेट्न सकिदैन ।

यदि यौनलाई दमन गरियो भने मान्छे कामुकभन्दा कामुक हुन्छन् । यौनलाई हामीले सधै छाडा भन्यौं । बर्जित गर्‍यौं । निषेध गर्‍यौं । यसलाई लाजको विषय बनायौं ।  हामी यौनको कुरा गर्दा समेत भयभित हुन्छौं । हामीले यौनलाई यसरी लुकाएर, दबाएर राख्यौ कि मानौ जीवनमा त्यसको कुनै स्थान छैन ।

सत्य त के भने यौनभन्दा मध्वपूर्ण मान्छेको जीवनका अरु केही छैन । तर, यसलाई हामीले दबायौं, लुकायौं । लुकाउने र दबाउने कामले गर्दा हामी यौनबाट मुक्त भएनौं । बरु यौन आवेगले ग्रस्त हुँदै गयौं । किनभने दमनले ठिक उल्टो परिणाम दिन्छ ।

अहिले हामीकहाँ यौनलाई नितान्त फरक ढंगले बुझाइएको छ । यसलाई लाजको विषय बनाइएको छ । यौनजन्य सामाग्री हेर्नु हुँदैन । यौनजन्य व्यवहार ठिक होइन भन्ने किसिमको धारणा छ ।

त्यही कारण यौनबारे जिज्ञासा मेट्न सकिने कतिपय वेब सामाग्रीमाथि अहिले प्रतिबन्ध छ । यसरी यौन इच्छा एवं यौन व्यवहारलाई उपेक्षा गर्नु कति सही हो ? यस सम्बन्धमा वहस हुनेनै छ । यद्यपी यौनजन्य सामाग्री जथाभावी रुपमा उपलब्ध गराइनुपर्छ, यौन व्यवहारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । बरु, यसलाई समूचित ढंगले व्यवस्थापन गर्नुपर्छ ।

जब यौनलाई विकृत ढंगले हेरिन्छ र व्यवहार गरिन्छ, तब त्यो रोग बन्छ । तर, यौनलाई खुला ढंगले बुझ्ने र यसलाई एक प्राकृतिक आवश्यक्ताको रुपमा स्विकार्ने हो भने यौन विकार पैदा हुन पाउँदैन । यसलाई सहज रुपमा लिइनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!