चाउचाउको प्याकेटमा लागूऔषध उपहार

प्रहरीले पक्राउ गरेका आफन्त भेट्न प्राय: मानिस फलफूल र खाना लिएर हिरासतमा भेट्न पुग्छन् । तर, सोमबार बलम्बु प्रहरी प्रभागमा थुनावा भेट्न पुग्ने दुईजनाले प्रहरीलाई नै चक्मा दिए । तर, प्रहरीबाट बच्न भने सकेनन् ।

हिरासतमा रहेका एक व्यक्तिका लागि लागूऔषध बाेकेर गएपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ घर भई हाल ललितपुर बालकुमारी बस्ने २२ वर्षीय धर्मेन्द्र लिम्बू र कालिकोट राजकोट नगरपालिका–६ घर भई हाल ललितपुर इमाडोल बस्ने १९ वर्षीय सुजनबम ठकुरी छन् ।

उनीहरुले केही दिनअघि पक्राउ परेका नवीन शाहीलाई भेट्न जाँदा झोलामा लागूऔषध नै उपहार बाेकेका थिए ।

थनुवालाई भेट्न आएकालाई चेकजाँच गर्दा उनीहरुले वाईवाई चाउचाउको प्याकेटभित्र लागूऔषध बाेकेको भेटिएपछि पक्राउ गरिएकाे काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुको साथबाट लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट र ३ ग्राम कालो चरेस बरामद गरेको बाेगटीकाे भनाइ छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!