महिला गोल्ड कप प्रतियोगिता हुने

शैलेश्वरी स्पोर्टस् क्लब धनगढीले ‘अपी–साइपाल महिला गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता आगामी मङ्सिर ५ देखि १४ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशको टोली सहभागी हुने आयोजक क्लबका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो । करीब रु ८२ लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताको विजेतालाई रु पाँच लाख तथा उप–विजेतालाई रु दुई लाख ५१ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!