मुख्यमन्त्रीबाट खुम्बु पासाङल्हामु गाउँपालिका पुरस्कृत

प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गर्दै पुरस्कृत गरेकाे छ ।
प्रदेश सरकारले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्रसहित रु ५० हजार पुरस्कार प्रदान गरेको छ । विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पालाई प्रमाणपत्र र चेक हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाले प्रदेशको मात्र नभई सिङ्गो नेपालकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको प्रति प्रशंसा गर्दै मुख्यमन्त्री राईले पर्यटनको विकासमा प्रदेश सरकारले योजनाबद्ध ढङ्गबाट काम गरिरहेको बताउनुभयो ।
खुम्बु क्षेत्रको भ्रमणका लागि वार्षिक करीब ५० हजार बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको तथ्याङ्क छ। गाउँपालिका क्षेत्र घुम्न आउने विदेशी पर्यटकबाट गाउँपालिकाले वार्षिक रु १५ करोडभन्दा बढी राजश्व सङ्कलन गर्छ । गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको प्रति गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले यस निर्णयबाट देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!