विप्लव कार्यकर्ताले लुटे सगरमाथाको उचाइ नाप्ने दुरबिन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन् ।

सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा प्वाइन्ट मध्ये खोटाङ लौरडाँडामा पुगेका सरकारी अधिकारीबाट खोेसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर दुरबिन कब्जामा लिएका हुन् ।

जेठ ७ गते लौरेडाँमा पुगेका सरकारी अधिकारीहरुबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो । आजको नागरिकमा समाचार छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!