युवतीहरुको यौन जीवनजमा स्तनको भूमिका

युवतीहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ त्यति नै स्तनको निप्पल पनि संवेदनशील हुन्छ । यौन सम्पर्कको बेला स्तनको स्पर्शले युवतीहरुलाई किन यौन आनन्द प्राप्त हुन्छ भन्ने कुरा अमेरिकाको एक विश्वविद्यालयका वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।

महिला वा युवतीहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्ने भएकाले यी दुवै अंगबाट उस्तै किसिमको यौन उत्तेजना पैदा हुने गरेको वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका हुन् ।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ त्यहि भागले स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ।

त्यसैले केही युवती हरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै धेरै आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ। अर्थात स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि युवतीहरुले चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको दाबि रहेको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!