विपि काेइरालाका २० उत्कृष्ट भनाइहरू

  • हामी हाम्रा जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन ।
  • जीवन एउटा कहिल्यै नसकिने समाप्त नहुने वसन्त हो ।
  • गाउँलेलाई बेवास्ता गर्ने कुनै पनि विकास, विकास नै होइन ।
  • प्रजातान्त्रिक मान्यताअनुरूप नै जननिर्णयलाई स्वीकार गर्दछु ।
  • जनताप्रतिको जिम्मेवारीबाट राजनेताहरू हामी पन्छिनु हुँदैन ।
  • यदि लोकतान्त्रिक शक्तिले ठीक हिसाब र सोचविचार गर्न सकेन भने देशको भविष्य अन्यौल हुन्छ ।
  • प्रजातन्त्र र विकास परस्पर विरोधी नभई वास्तवमा एकअर्काका पुरक हुन् ।
  • मैले जीवन आनन्दमय साथ भोगें र मैले आफ्ना कर्तव्यहरू गरेजस्तो लाग्छ त्यति नै पर्याप्त छ ।
  • नेतृत्वको सबभन्दा ठूलो गुण त्यसको यस पारखमा रहन्छ कि आन्दोलन कुन कुन क्षणदेखि पतनोन्मुख हुन थाल्छ, त्यो क्षण पुग्नुभन्दा पूर्व नै नेताले जनतालाई नैराश्यबाट बचाउँछ ।
  • दक्षताको मतलब लगानी र उत्पादनबीच निश्चित सम्बन्ध हुनुपर्छ भन्ने नै हो ।
  • मेरो विचार उति स्पष्टसँग परिभाषित छैन तर म त्यसतर्फकेही उज्यालो देख्छु ।
  • मान्छे भएपछि मान्छेको चाल-चलनमा बाँडिनुपर्छ र मान्छे भएर देउता हुन खोज्‍नु असल होइन ।
  • मानिस इतिहासको संयन्त्र होइन र उसको खोज भोजनको लागि मात्र हुँदैनस मानिस एक बहुआयामिक व्यक्तित्व हो ।
  • मानिस अधुरो छ र उसको विकासको दायरा असीमित छ ।
  • मलाई मृत्युदेखि डर लाग्दैन तर मृत्युवारे मलाई विचार आइरहन्छ ।
  • मौलिक हकसम्बन्धी कुनै पनि निर्णय संविधानको आधारमा मात्र गरिनुपर्छ ।
  • गाउँ र त्यहाँका वासिन्दाको वस्तुस्थितिबारे जानकारी नभएसम्म नेपालमा गरिबीको समस्याको छेउसम्म बुझन सकिंदैन ।
  • मानव मनभित्र एउटा यस्तो गुण हुन्छ, जसले उचित-अनुचित जुनसुकै कारणले भए पनि कसैले भोग्नुपरेको दुःख प्रति प्रायजसो उदासिन रहँदैन ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!