सफलताका १३ सुत्र

१. सधै सकारात्मक सोचाई राख्नु :-
तपाईंले जे सोच्नुहुन्छ त्यहि व्यवहारमा उत्रने गर्दछ । सकारात्मक सोचले तपाईंको व्यवहारमा पनि प्रभाव पार्ने गर्दछ । विशेषज्ञ सन एक्हरले मानिसको व्यवहारमा वातावरणले १० प्रतिशत मात्र प्रभाव पार्ने गर्दछ । बाँकी ९० प्रतिशत तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसमा भर पर्छ । यदि तपाईंले सहि निर्णय लिनुभयो भने, नतिजा सधैँ सकारात्मक नै हुने गर्दछ । सहि निर्णय लिनका लागि तपाईंको सोच्ने तरिका पनि सकारात्मक हुन जरुरी छ । आफ्नो खुसी आफ्नो दिमागमार्फत आफैँ निर्माण गर्नुहोस् । नकारात्मक सोचले तपाईंलाई भित्री रुपमा ध्वस्त पार्नुका साथै तपाईंको बाहिरी दुनियाँलाई पनि प्रभाव पार्ने गर्दछ । रचनात्मक सोचले तपाईंको उत्पादकत्व र उर्जालाई ३० प्रतिशतले वृद्धि गर्ने गर्दछ । आफ्नो दिमागको शक्तिलाई प्रयोग गर्नुहोस् ।

२. सधै नकारात्मक सोच हटाउनु ।
नकारात्मक सोचलाई फ्याँकिदिनुहोस् । सबै मानिसहरु भिन्न हुन्छन् र उनीहरुको सोच्ने शैली पनि उस्तै । हामीमध्ये धेरैले हाम्रो दिमागमा नकारात्मक सोचाईलाई हाबी हुन दिन्छौँ । यसले तपाईंको वास्तविक जीवनमा समस्या ल्याइदिने गर्दछ । आफ्नो दिमागलाई नकारात्मक सोचबाट मुक्त गर्ने थुप्रै तरिकामध्ये स्पेनको युनिभर्सिटीमा विकास गरिएको एउटा तरिका निकै लोकप्रिय छ । उनीहरुका अनुसार आफ्ना सबै नकारात्मक सोचाईहरु एउटा पानामा लेखेर कि त त्यो कागजको टुक्रालाई जलाइदिने वा च्यात्ने गरेमा यसले तपाईंमा भएको नकारात्मक सोचाई कम गर्ने गर्दछ ।

३. सकारात्मक कुराहरुको टिपोट राख्नु :-
आफ्नो जीवनमा जे जति पाइरहनु भएको छ त्यसमा खुसी हुन सिक्नुहोस् । सबैको जीवनमा केहि न केहि राम्रो पक्ष पक्कै हुने गर्दछ । आफूलाई खुसी बनाउने कुराहरुमा मात्र ध्यान दिनुहोस् । आफ्नो जीवनमा पाएको र हाँसिल गरेको सकारात्मक कुराहरुको नोट बनाउनुहोस् । एउटा कुरा साँचो हो कि हाम्रो दिमागले नकारात्मक सोचाइलाई चाँडै बिर्सन सक्दैन यद्यपी अनुसन्धानकर्ताहरुले नकारात्मक सोचाईभन्दा सकारात्मक कुरामा बढि ध्यान दिने गर्नाले यसलाई चाँडै नै बिर्सन सकिने बताएका छन् ।

४. सधै मन सफा राख्नु :-
हार्भाड युनिभर्सिटीमका अनुसन्धानकर्ता म्याट किलिङ्सवर्थले खुसी रहनका लागि आफ्नो जीवनको प्रत्येक मिनेटलाई याद गर्नुपर्ने बताउँछन् । आफू खुसी हुँदाको क्षणलाई कहिले पनि बिर्सन नहुने उनी बताउँछन् । यदि हामीले हाम्रो दिमाग अर्थात मनलाई फ्रेस बनाउँछौँ, हाम्रो खुसी पनि त्यति नै बढ्ने गर्दछ । विगतका दिनमा गरेका रमाइला घटनाहरुलाई सधैँ दिमागमा ताजा राखिरहनु पर्ने बताउँदै म्याटले बिगतका काला दिनहरुलाई बिस्तारै बिर्सदैँ लैजानु पर्ने बताउँछन् ।

५. अरुलाई सहयोग गर्नुहोस् :-
आफ्नो जीवनको केहि समय अरुको लागि पनि छुट्याउनुहोस् । हामी धेरैजसो अवस्थामा स्वार्थी हुने गर्दछौँ । हुन त हामीले आफ्नो आवश्यकता र इच्छाको बारेमा सोच्नु पर्छ । दोस्रो व्यक्तिलाई तपाईंको आवश्यकता भएको थाहा पाउँदा तपाईंलाई साँच्चैको खुसी लाग्छ । आफ्नो केहि समय र पैसा अरुलाई सहयोग गर्नका लागि खर्च गर्नुहोस् । अरुलाई सहयोग गर्दा तपाईलाई एउटा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ जसले तपाईंलाई अन्ततः खुसी हुन मद्दत गर्दछ ।

६. प्रगति र उज्वल भविष्यको आशा गर्नुहोस् :-
आफ्नो जीवनबाट के कुराको आशा गर्नुहुन्छ त्यसलाई सोच्नुहोस् र ध्यानमा राख्नुहोस् । यथार्थपरक हुनुहोस् र सपना देख्न नहिच्किचाउनुहोस् । आफ्नो जीवन आउने ५ वा १० वर्षम कस्तो होला भनेर कल्पना गर्नुहोस् । यसले तपाईंलाई तपाईंको जीवनको महत्वपूर्ण भाग के हो भन्ने सिकाउँछ र यसमा नै ध्यान केन्द्रित गर्न सिकाउँछ । आफ्ना प्राथमिकताहरुलाई आफै व्याख्या गर्नुहोस् र सपनालाई साकार बनाउन तल्लिन हुनुहोस् ।

७. शुभ काम शुरू गरिहाल्नु :-
हामी जरुरी समयमा पनि आलटाल गर्ने गछौँ । आजै गरे हुने काममा पनि भोलि पर्सिको लागि लागि सार्ने गछौ । तसर्थ कुनै काम तत्काल सक्नु नै फाईदाजनक हुन्छ ।

८. काममा शंका नगर्नु :-
कहिलेकाहि हामी काममा शंका गर्ने गछौँ । आफै माथि र अरुमाथी गरिने शंकाको पनि अन्त्य गर्नु पर्छ । शंका गर्नाले गर्न लागिएको काम पनि बिग्रने गर्छ ।

९. खुलेर कुरा राख्नु :-
कयौ पटक प्रोफेसनल जिन्दगिमा पनि शर्म तथा संकोचले काम गर्ने गर्छ । लाजका कारण आफ्ना कुरा अरु संग राख्न नसक्दा समस्या हुने गर्दछ । जसका कारण बिस्तार बिस्तार कामलाई प्रभावित गर्ने गर्दछ ।

१०. समय खेर नफाली प्रयत्न गर्नु :-
भनाई छ किहि पाउन केहि गुमाउनु पर्छ । तसर्थ मिहेनतका साथ कमिटमेन्टको पनि आवस्यकता पर्दछ । यदि तपाईले समयको सम्मान गर्नुभयो भने समयले पनि तपाईको सम्मान गर्ने छ ।

११. आफैंलाई प्रेरित गर्नु :-
आफ्नोपन देखाउन आफैंलाई प्रेरित गर्नु । जिवनमा केहि बन्न जरुरि छ कि तपाई आफुले आफैलाई प्रेरित गर्नुहोस् । आफ्नो पहिचानलाई प्रश्तुत गर्नुहोस् ।

१२. स‍चेर योजना बनाई काम गर्नु :-
आफ्नो सफताका लागि कुनै पनि योजना महत्वपूर्ण मानिन्छ । योजना बिनाको काममा सफलता पाउनु भनेको हावामा महल बनाउनु जस्तै हो तसर्थ तपाई आफ्नो नियमित कार्यको स्वरुप वनाउनुहोस् ।

१३. आलोचना सहेर पाठ सिक्नु :-
मानिसहरु सामान्यतया आलोचना सहन गर्न सक्दैनन् जसका कारण केहि वन्न लागेको अवस्थामा अवरोध वन्न सक्छ । तसर्थ आलोचनाको स्विकार गर्दे त्यसबाट पाठ सिक्नुहोस् ।

१४.गरेर सिक्नु र सुधारिनु :-
आफ्नो सफलताको लागि कोहि स्कुले शिक्षक पाइदैन तसर्थ आफ्ना काम कारवाहिबाट सिक्दै जानुहोस् । आफ्ना गल्तिको सुधार गर्दै जानोस जसले गर्दा तपाइको सफलता मिल्न सकोस्

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!