ब्रुस लीका भनाइहरू

  • यदि तपाई कुनै कुराको बारेमा सोच्न धेरै समय खर्च गर्नुहुन्छ भने तपाईले त्यो कहिले गर्नुहुने छैन ।
  • म तपाईको अपेक्षा अनुरुप बाँच्नका लागि यो संसारमा छैन र तपाई यस संसारमा मेरो अनुरुप बाँच्नका लागि हुनुहुन्न ।
  • सजिलो जीवनका लागि प्रार्थना नगर्नुहोस् । कठिनाइको सामना गर्न बलका लागि प्रार्थना गर्नुहोस् ।
  • जति एक मुर्ख मानिसले बुद्धिमानी जवाफबाट सिक्छ त्योभन्दा धेरै बुद्धिमान् मानिसले मूर्खता पूर्ण प्रश्नबाट सिक्छ ।
  • उपयोगी चिजलाई अवशोषित गर्नुस्, बेकार चिजलाई खारेज गर्नुस् र विशेष गरी तपाईंको आफ्नो चिजलाई जोड्नुस् ।
  • यदि स्वीकार गर्ने साहस छ भने गल्तीहरू सधैँ क्षमायोग्य हुन्छन् ।
  • परिस्थितिसँग मलाई मतलब छैन, म अवसरहरू सिर्जना गर्दछु ।
  • म त्यो मानिससँग डराउँदिनँ, जसले एकपटक १०हजार किक अभ्यास गर्छ । म त्यो मानिससँग डराउँछु जसले १० हजार पटक एक किक अभ्यास गरेको छ ।
  • अरूका लागि बाँच्नु वास्तविक जीवन हो ।
  • हामी जति चिजको मोल गर्छौं, आफैँलाई त्यति नै कम महत्त्व दिन्छौं ।
  • यदि तपाईं जीवनलाई प्रेम गर्नुहुन्छ भने, समय खेर नफाल्नुस् । किनभने जीवन समयले नै बनेको हो ।
  • देखावटी महिमा मुर्खको विचार हो ।
  • जीवनको लडाइँहरू सधँै शक्तिशाली वा छिटो मान्छेमा जान्छ भन्ने छैन । तर ढिलो होस् वा चाँडो जो जित्छ, ऊ त्यो मानिस हो जसले सोच्छ कि ऊ सक्छ ।
  • सफल योद्धा औसत मानिस हो, जोसँग लेजर जस्तै फोकस हुन्छ ।
  • जान्नु पर्याप्त छैन, हामीले आवेदन दिनैपर्छ । इच्छुक हुनु पर्याप्त छैन, हामीले गर्नैपर्छ ।
  • अराजकताको बीचमा अवसर छ ।
  • खुसी हुनुहोस्, तर कहिल्यै सन्तुष्ट नहुनुहोस् ।
  • सधैँ आफैं हुनुहोस्, आफैँलाई अभिव्यक्त गर्नुहोस्, आफैँमा विश्वास राख्नुहोस् तर बाहिर गएर सफल व्यक्तित्व खोजेर उसको नक्कल नगर्नुुहोस् ।
  • अमरत्वको कुञ्जी पहिले सम्झन लायकको जीवन जिउनु हो ।
  • तपाईं पानी जस्तो निराकार हुनुपर्छ । जसरी पानीले भाँडाको आकार लिन्छ, त्यसैगरी तपाईले पनि परिस्थितिअनुसार ढल्न सक्नुपर्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!