एरिस्टोटलका उत्कृष्ट भनाइहरू

  • नम्रता एउटा फूल हो जुन सबैको बगैंचामा बढ्दैन ।
  • साथी भनेको हाम्रो अर्को रुप हो ।
  • जसले जान्दछ, उसले गर्छ । जसले बुझ्छ, उसले सिकाउँछ ।
  • युवा सजिलै ठगिन्छ किनभने यो छिट्टै आशा गर्ने हुन्छ ।
  • जति धेरै तपाईंले थाहा पाउनु हुन्छ, त्यति नै तपाईंलाई लाग्छ कि तपाईंले केही थाहा पाउनु भएको छैन ।
  • हाम्रो समस्या यो होइन कि हामी धेरै उच्च लक्ष्य राख्छौं र पूरा गर्दैनौं । तर यो हो कि हामी धेरै सानो लक्ष्य राख्छौं र पूरा गर्छाैं ।
  • खुसी आत्माको गुण हो । आफ्नो भौतिक अवस्थाको कार्य होइन ।
  • शंका बुद्धिको सुरुआत हो ।
  • यो हाम्रो भलाई वा खराबको छनौट हो, जसले हाम्रो चरित्र निर्धारण गर्दछ । राम्रो वा खराबको बारेमा हाम्रो धारणा होइन ।
  • प्रेम दुई शरीरहरुमा बसिरहेको एक आत्माबाट बनेको हुन्छ ।
  • आफूलाई चिन्नु भनेको सबै प्रकारका बुद्धिको सुरुआत हो ।
  • ज्ञानी मानिसहरूले सोचेजस्तै सोच्नुहोस्, तर साधारण मानिसहरू जस्तो कुरा गर्नुहोस् ।
  • तपाईं बारम्बार के गर्नुहुन्छ त्यसले नै बताउँछ कि तपाई को हो ।
  • स्वतन्त्र विचारक हुनुहोस् र तपाईले सुन्ने सबै कुरालाई सत्यको रूपमा स्वीकार नगर्नुहोस् । आलोचनात्मक हुनुहोस् र तपाई केमा विश्वास गर्नुहुन्छ त्यसलाई मूल्यांकन गर्नुहोस् ।
  • उत्कृष्टता कुनै दुर्घटना हुँदैन । यो सधँै उच्च अभिप्राय, निष्कपट प्रयास र बुद्धिमान कार्यान्वयनको परिणाम हो र यो धेरै विकल्पहरूको बुद्धिमानी छनौट प्रतिनिधित्व गर्दछ ।
  • मुटुलाई शिक्षा नदिई दिमागलाई मात्रै शिक्षा प्रदान गर्नु कुनै शिक्षा होइन ।
  • आलोचना त्यस्तो चिज हो जुन हामी केही नभनी, केही नगरी र केही नबनी सजिलै बेवास्ता गर्न सक्छौं ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!