हेलेन केलरका चर्चित भनाइहरू

  • ज्ञान भनेको प्रेम, प्रकाश र दृष्टि हो ।
  • कसैलाई पनि उत्पादन नगरी खुसी उपभोग गर्ने अधिकार छैन ।
  • तपाईंको अनुहार घाममा राख्नुहोस् र तपाईंले छाया देख्न सक्नुहुन्न ।
  • अन्धो हुनुभन्दा खराब चिज दृष्टि हुँदाहुदै पनि दृष्य हेर्न नसक्नु हो ।
  • जीवन एक पाठको उत्तराधिकार हो, जुन बुझ्नका लागि बाँच्नुपर्छ ।
  • आशावाद भनेको विश्वास हो जुन उपलब्धिमा पुर्‍याउँछ । आशा र विश्वासबिना केही गर्न सकिन्न ।
  • तपाईंको सफलता र खुसी तपाईंमा निहित छ । खुसी र आनन्द रहनका लागि समाधान गर्नुहोस् ।
  • संसारका सबै भन्दा राम्रा र उत्तम चीजहरू देख्न वा छुन सकिँदैन । तिनीहरूलाई हृदयले महसुस गर्नुपर्दछ ।
  • चरित्र सहज र शान्त रूपमा विकसित गर्न सकिँदैन । केवल परीक्षण र कष्टको अनुभवद्वारा आत्मालाई सुदृढ पार्न, महत्वाकांक्षा प्रेरणा दिन सकिन्छ र सफलता प्राप्त गर्न सकिन्छ ।
  • तपाईंको टाउको कहिल्यै नझुकाउनुहोस् । जहिले पनि यसलाई माथि राख्नुहोस् र सिधा आँखामा हेर्नुहोस् ।
  • जब एउटा ढोका बन्द हुन्छ, अर्को खुल्छ । तर हामी बन्द ढोकामा प्रायः यस्तो अफसोचका साथ हेर्छौं कि जुन ढोका हाम्रो लागि खोलिएको छ, त्यो हामी देख्न पनि सक्दैनौं ।
  • आत्मदया हाम्रो सबैभन्दा खराब दुश्मन हो र यदि हामी त्यसलाई प्राप्त गर्छौं भने हामी यस संसारमा कहिले पनि बुद्धिमानी कार्य गर्न सक्दैनौं ।
  • सहिष्णुता दिमागको सबैभन्दा ठूलो उपहार हो । यसको लागि मस्तिष्कको उस्तै प्रयासको आवश्यक पर्छ, जति साइकलमा आफूलाई सन्तुलनमा पर्छ ।
  • यदि संसारमा आनन्द मात्र हुने थियो भने हामी कहिले पनि साहसी र धैर्य हुन सिक्न सक्दैनौं ।
  • मानिस सोच्न मन पराउँदैनन् । यदि कसैले सोच्दै छ भने, एउटा निष्कर्षमा पुग्नै पर्छ । निष्कर्ष सधैं रमाइलो हुँदैन ।
  • म मात्र एक हुँ, तर म अझै एक हुँ । म सबै गर्न सक्दिनँ तर अझै म केही गर्न सक्छु । किनकि म सबै गर्न सक्दिनँ भन्दैमा म गर्न सक्ने कुरा गर्न अस्वीकार गर्दिनँ ।

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!