मैरी एन्जलब्रेटका भनाइहरू

  • यदि तपाईं कुनै कुरा परिवर्तन गर्न सक्नुहुन्न भने त्यसको बारेमा सोच्ने तरिका परिवर्तन गर्नुहोस् ।
  • हाम्रो जीवन धेरै व्यक्तिहरू आउँछन् र त्यसपछि आएकै बाटो फर्केर जान्छन् । तर तीमध्ये थोरै मूल्यवान हुन्छन्, जसले हाम्रो हृदयलाई यत्तिको गहिरो गरी छुन्छन् कि हामी कहिलै पनि पहिले जस्तो हुन सक्दैनौं ।
  • तपाईले खोजेको सुनौलो अवसर तपाईंभित्रै छ ।
  • आफ्नो मुटु खोल्नुहोस् । यसलाई फराकिलो बनाउनुहोस्, कोही बाहिर उभिरहेको छ ।
  • अतितलाई निको पार्नुहोस्, वर्तमानमा बाँच्नुहोस् र भविष्यको सपना देख्नुहोस् ।
  • यदि तपाईं वर्षाका लागि प्रार्थना गर्नुहुन्छ भने, हिलोसँग केही व्यवहार गर्न तयार हुनुहोस् ।
  • तपाईं रोपिएको ठाउँमा फुल्नुहोस्, त्यो नै तपाइकाे सफलता हाे ।
  • हरेक दिनको सुन्दरतालाई हेर्नुहोस्, सबै चमत्कारहरू तपाईंकै वरिपरि छन् ।
  • खुसी आफ्नै बगैंचामा हुर्काउनुपर्छ ।
  • हरेक हप्ता धुलो गर्नका लागि जीवन कम छ ।
  • बहिनीभन्दा राम्रो साथी अरू कोही हुँदैन ।
  • स्थिर मित्र एक यस्तो चिज हो, जुन पाउन दुर्लभ र कठिन छ ।
  • रचनात्मक प्रक्रियाका बारेमा मलाई निश्चित रूपमा के थाहा छ भने त्यो सधैं फिर्ता आउँछ । जब त्यहाँ कुनै रचनात्मक रस हुँदैन र केही पनि आउँदैन, यदि म कुर्छु, यो आउँछ ।
  • जीवन एकदम गम्भीरतापूर्वक लिनका लागि रहस्यमय छ ।
  • जब बहिनीहरू विभिन्न हुन्छन् तब तिनीहरूको समानता चम्किन्छ ।
  • मेरी आमा सधैं मलाई बच्चाको रूपमा पढाउनुहुन्थ्यो । म वास्तवमै विश्वास गर्दछु कि आमाबुबा र बच्चाबीचको बन्धनको समय एकदम महत्त्वपूर्ण र अनमोल हुन्छ । मसँग ती कथाहरूको स्थायी सम्झनाहरू छन् किनभने अनुभव विशेष थियो ।
  • सधै सुत्नका लागि जीवन धेरै छोटो छ ।
  • दैनिक जीवनले मलाई प्रेरणा दिन्छ, त्यो परिस्थितिको जुन हामी सबैले आफैंमा एक वा अर्को समयमा पाउँछौं ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!