निकोला-टेस्लाका चर्चित भनाइहरू

  • यदि तपाईं ब्रह्माण्डको रहस्य पत्ता लगाउन चाहनुहुन्छ भने ऊर्जा, आवृत्ति र कम्पनको हिसाबले सोच्नुहोस् ।
  • मलाई मतलब छैन कि तिनीहरूले मेरो विचार चोरेछन्, म ख्याल राख्छु कि उनीहरूको आफ्नौ कुनै विचार छैन ।
  • आजका वैज्ञानिकहरू स्पष्टको सट्टा गहिरो सोच्छन् । स्पष्ट रूपमा सोच्नका लागि समझदार हुनुपर्छ ।
  • सबै कुरामध्ये पुस्तकहरू सबैभन्दा उत्तम कुरा हुन् ।
  • भविष्यलाई सत्य बोल्न दिनुहोस् र प्रत्येक व्यक्तिलाई उसको काम र उपलब्धिहरू अनुसार मूल्यांकन गर्नुहोस् । वर्तमान तिनीहरूको हो तर भविष्य मेरो हो, जसका लागि मैले वास्तवमै काम गरें ।
  • हाम्रा सद्गुण र असफलताहरू जस्तो अविभाज्य हुन्छन् । जब तिनीहरू अलग हुन्छन्, मान्छे रहँदैन ।
  • मलाई लाग्दैन कि तपाईले धेरै ठूला आविष्कारहरूको नाम दिन सक्नुहुन्छ जुन विवाहित पुरुषहरूले गरेका छन् ।
  • ममा यो भावना निरन्तर बढ्दै गइरहेको छ कि एउटा ग्रहलाई अर्को ग्रहले अभिवादन गरेको कुरा सुन्ने म पहिलो थिएँ ।
  • यदि तपाईंको इष्र्यालाई बिजुलीमा परिवर्तन गर्न सकिन्छ भने यसले सम्पूर्ण विश्वलाई उज्यालो पार्न सक्छ ।
  • हाम्रो मस्तिष्क केवल एक रिसिभर हो । ब्रह्माण्डमा त्यहाँ एउटा कुना हुन्छ जहाँबाट हामी ज्ञान, शक्ति र प्रेरणा प्राप्त गर्दछौं ।
  • प्रत्येक व्यक्तिले आफ्नो शरीरलाई एउटा बहुमूल्य उपहारको रूपमा लिनु पर्छ जसलाई उसले सबैभन्दा माथि प्रेम गर्दछ, कलाको एक अद्भूत कार्य, अवर्णनीय सुन्दरता, र मानव अवधारणाभन्दा परको रहस्य र यति नाजुक कि एक शब्द, एक सास, एक हेराइ र एक विचारले चोट पुर्याउन सक्छ ।
  • जीवन समाधानको असमर्थ समीकरण हो र जहिले पनि रहन्छ तर यसले केही ज्ञात कारकहरू पनि समावेश गर्दछ ।
  • हामी नयाँ अनुभूतिहरूका लागि लालसा गर्छौं तर चाँडै तिनीहरूप्रति भावशून्य हुन्छौं । हिजोका आश्चर्यकर्महरू आजका सामान्य घटनाहरू हुन् ।
  • आविष्कार मानिसको रचनात्मक मस्तिष्कको सबैभन्दा महत्त्वपूर्ण उत्पादन हो । व्यक्ति अल्पकालीन हो । जातिहरू र राष्ट्रहरू आउँछन् र जान्छन् तर मानिस रहन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!