डा. सिउसका राम्रा भनाइहरू

  • नरुनुहोस् किनभने यो सकियो, मुस्कुराउनुहोस् किनभने यो भयो ।
  • तपाईंलाई थाहा छ कि तपाईं मायामा हुनुहुन्छ जब तपाईं निदाउन सक्नुहुन्न किनभने वास्तविकता तपाईंको सपनाहरू भन्दा उत्तम हुन्छ ।
  • तपाईं जति धेरै पढ्नुहुन्छ, त्यति नै धेरै चिजहरू थाहा पाउनुहुनेछ । तपाईं जति धेरै सिक्नुहुन्छ, त्यति नै धेरै ठाउँ पुग्नुहुनेछ ।
  • तपाई शिक्षकहरूबाट मद्दत लिन सक्नुहुनेछ, तर तपाई आफैले कोठामा एक्लै बसेर धेरै सिक्नुपर्ने हुन्छ ।
  • संसारका लागि तपाईं एक व्यक्ति हुन सक्नुहुन्छ तर एक व्यक्तिका लागि तपाईं संसार हुन सक्नुहुन्छ ।
  • त्यहाँ धेरै चिजहरू छन् जुन तपाईंले सिक्न सक्नुहुन्छ, तर यदि तपाईंले आँखा बन्द गर्नुभयो भने तपाईंले उत्कृष्ट चिजहरू छुटाउनु हुनेछ ।
  • तपाईको टाउकोमा तपाईको दिमाग छ । तपाईको जुत्तामा तपाईको खुट्टा छ । तपाई आफैंले रोज्नु भएको कुनै पनि दिशा पछ्याउन सक्नुहुन्छ ।
  • मानिसहरू अनौंठो हुन्छन् । जब हामीले आफूसँग मिल्दो अनौंठोपनको साथ कोही फेला पार्दछौं, हामी टोली बनाउँछौं र यसलाई प्रेम भन्छौं ।
  • तपाईं को हुनुहुन्छ र तपाईंलाई कस्तो लाग्छ भनेर बताउनुहोस् किनकि जसले ध्यान दिन्छ उनीहरूले केही फरक पार्दैनन् र जसले फरक पार्छन् उनीहरुले ध्यान दिँदैनन् ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!