मुहम्मद युनूसका भनाइहरू

हामीले रोजगारी खोज्ने होइन, रोजगारी सृजना गर्नु पर्छ ।
सबै व्यक्ति उद्यमी हुन्, तर धेरैले यो अवसर फेला पार्न सक्दैनन् ।
पैसा कमाउनु खुसी र ठूलो प्रोत्साहन हो तर अरू मानिसहरूलाई खुसी पार्नु अत्यन्त खुसीको कुरा हो ।
गरिबी कस्तो हुन्छ हेर्नका लागि एक दिन हाम्रा नातिनातिनाहरू संग्रहालयमा जानेछन् ।
मलाई विश्वास छ कि हामी गरिबीमुक्त संसार सिर्जना गर्न सक्छौं किनभने गरिबी गरिब मानिसहरूले सिर्जना गरेका छैनन् । यो हामी आफैंले बनाएका आर्थिक र सामाजिक प्रणालीहरूले सिर्जना गरेका हौँ ।
गरिबी सबै मानव अधिकारको अभाव हो । गरिबीले उत्पन्न गरेको असन्तुष्टि, वैमनस्यता र क्रोधले कुनै पनि समाजमा शान्ति कायम गर्न सक्दैन ।
मानव रचनात्मकता असीमित छ । रचनात्मकताले हाम्रो सामाजिक र आर्थिक समस्याहरू समाधान गर्न कुञ्जी प्रदान गर्दछ ।
म पैसा बनाउनुको सट्टा युवाहरूलाई उद्यमी हुन र विश्वमा योगदान दिनका लागि प्रोत्साहित गर्दै छु । पैसा कमाउनु रमाइलो हुँदैन । योगदान गर्न र विश्व परिवर्तन गर्न धेरै धेरै रमाइलो हुन्छ ।
यदि तपाई केही गर्न चाहनुहुन्छ भने तपाईले यसको कल्पना पनि गर्नुपर्दछ । यदि तपाईंले कल्पना गर्नुभएन भने यो कहिले पनि हुने छैन ।
एकता आधारभूत नैतिक धागो हो जसले मानवलाई सँगै राख्छ ।
हामी हाम्रा विद्यार्थीहरूलाई रोजगार र भविष्यका लागि तयार गर्दछौं, तर हामी उनीहरूलाई कस्तो किसिमको संसार सिर्जना गर्ने भनेर व्यक्तिहरूको रूपमा सोच्न सिकाउँदैनौं ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!