यो कुरा त तपाईंले सिक्दा राम्राे

  • कसैकाे मुहारमा खुशी देख्न चाहना छ भने  जो संग भेटदा पनि सुख, शान्ति, संम्बृद्धिको मात्र चर्चा गर्नुस् ।
  • सधै प्रफुल्ल रहनुहोस र प्रत्येक व्यक्तिलाई भेट्दा मुस्कानले स्वागत गर्नुहोस् ।
  • अरूवाट जस्तो किसिमको व्यवहारको अपेक्षा गर्नुहुन्छ अरूलाई पनि त्यस्तै व्यवहार गर्नुहोस् ।
  • असम्भव शब्द मनैवाट टाढा राख्नुहोस् र अमूल्य समयको ख्याल गरी मेहनती बन्नुहोस् । साथै कुने पनि रचनात्मक काम गर्दा आत्मविश्वास बढाउनुहोस् ।
  • जीवनको मूल्य र मान्यतालाई ख्याल गरी असफल भएमा निराश नभई पुनः प्रयाश गर्नुहोस् । अवश्यपनि आफ्नो लक्ष्यमा पुग्नु हुनेछ ।
  • कसैले तोते बोलेको, कुरा शब्द अकमकिएर वा भकभकाएर बोलेको छ भने ति मित्रहरूलाई नजिस्काउने र खिल्ली नउडाउने । धैर्यपूर्वक उनको कुरा सुनेर आफ्नो राय सल्लाह वा विचार दिने ।
  • बिना काम कसैको पनि योग्यता,उमेर, तलव, जहान, आर्थिक वा वित्तिय अवस्था वा यस्तै बैयक्तिक गोप्यताका कुराहरू नसोध्ने ।
  • आफूलाई पूर्ण ज्ञान छैन भने त्यस विषयमा जो संग पनि विनम्रतापूर्वक जिज्ञासा राख्नु बुद्धिमानी हुन्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!