तपाईंकाे लागि संकलित भनाइहरू

१. साधारण देखिने मानिसहरु नै संसारको सबैभन्दा राम्रा मानिसहरु हुन् ।

२. घाउलाई लुकाउनु पनि एउटा कला हो मित्र, होइन भने यहाँ हरेकको मुठ्ठीमा नुन हुने गर्दछ ।

३. संसारमा रहनको लागि सबैभन्दा राम्रो स्थान भनेको या त कसैको हृदयमा हो वा कसैको आशिर्वादमा ।

४. जित्नेहरु मात्र महान होइनन्, कहाँ र कसको अघि हार्नु पर्छ भनेर जान्नेहरु पनि महान हुन्छन् ।

५. यदि खराब दिन आउदैनथ्यो भने कसरी थाहा हुन्थ्यो कि को-को थिए आफ्ना ठानिएको पराइ र पराइ ठानिएका आफ्ना हरु ।

६. जिन्दगिको यात्रामा बाटोको अन्त्य त कहाँ हुन्छ र वस् उमेरसँगै हाम्रो चाहनाहरु सकिने हुन् ।

७. हामी त ऐना जस्तै छौ- जस्तो छ त्यस्तै प्रतिविम्वित हुन्छौ, चिन्ता त तिनीहरुले लिनु जसको अनुहार एउटा हुन्छ र भित्री मन अर्को ।

८. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि सावित नगर्नुहोस्, सहि बनिरहनुहोस, एकदिन समय आफैले प्रमाणित गरिदिनेछ ।

९.  संसारले तिमीलाई तब मात्र चिन्न सक्दछ जब तिमी आफनो क्षमताले संसारलाई परिचय दिन सक्दछौ ।

१०. जिन्दगिलाई यति गम्भीरसँग लिनु पनि आवश्यक छैन मित्र किनकि यसबाट बचेर कोही पनि उम्कन पाउदैन ।

११. संगत विनाको फल हुन्छ भन्दछन तर यो झुट मान्दछु किनकि एउटा बोटमा न कहिल्यै काडाँले सुवास छर्न सक्यो न फूलले कहिल्यै रोप्न थाल्यो ।

१२. खुसीले त आज पनि मलाई चिठ्ठी लेख्ने गर्दछ तर दुर्भाग्य मैले पुरानो ठेगाना छोडेर हिडेको वर्षौ भइसकेको छ ।

१३. सुन्दर किताब र सुन्दर व्यक्ति सुरुवात मै बुझ्न सकिदैन यसको लागि पढ्नु आवश्यक पर्दछ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!