मनछुने प्रेमिल भनाइहरू

१. जब कोहि मान्छे पाउने भन्दा गुमाउने डर हुन्छ, उसको छोटो उपस्थितिमा धेरै रमाउने मन हुन्छ ।

२. मन बहुत अटेरी हुन्छ, जस्ले मायाको बदलामा घृणा गर्छ उसैलाइ मात्र प्रेम गरिरहन्छ ।

३. कसम त खान सक्दिन, तर तारा खस्दा होस् या मन्दिर पस्दा म तिमीलाई नै मागिरहेको हुन्छु ।

४. झुट बाेल्नेहरूकाे सम्बन्ध जोडिदै जान्छ भने सत्य बाेल्नेहरूकाे टुट्छ ।

५. फेरि त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी, जहाँ सारा संसार आफ्नो थियो र तिमि अन्जान ।

६. उसले सोधी, के तिमि मलाइ अझै पनि माया गर्छौ ? मैले मुसुक्क हासेर भने, माया त थाहा भएन तर साथीहरु अझै पनि मलाइ तिम्रै कसम खुवाउछ्न ।

७. के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ ?

८. एकोहोरो त सास पनि चल्दैन ! सम्बन्ध कसरी चल्छ ।

९. सपना सपना मै बिलिन भए, केहि सपनीमै कराएर, केहि अतित संग डराएर ।

१०. अक्सर रुखलाई छोडी जाने पातहरु ओइलाएर जान्छन् ।

११. सम्झनाको बगैचामा तिम्रै तस्बिर टासेकी छु, जुनि जुनि तिमि सङ्गै चोखो माया साटेकी छु, किन पराइ भइस भन्छौ तिमी मलाइ कैयौ पटक तिम्रै तस्बिर सङ्ग रात काटेकी छु ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!