मनछुने लाइन पहिलो भाग

१, आगाडि बढ्नु छ भने आफूलाई र अरूलाई हिजोको दृष्टिले होइन,आजको दृष्टिले हेर । आज हिड तर हिजो र भोलिलाई पनि नबिर्स । हिजोको संझना र भोलिको कल्पनाबाट ऊर्जा लेऊ आजलाई गति देऊ ।

२.सिकेर सकिदैन कहिल्यै। सर्वज्ञ र सर्वेसर्वा हुँदैन कोही । सफलतामा पुग्न अठोट र प्रयास चाहिन्छ । सफलतापछि पनि अर्को सफलता हुन्छ। अगाडि बढ्नुपर्छ ।

३. टेक्नको लागि धरती छ, चढ्नको लागि शीखर छ,जिउनको लगि जीवन छ। उठ,हिंड, हेरेर हिढ, दृढतापूर्वक हिड ।शीखर जति टाढा भए पनि हिड्दै गरे मात्र पुगिन्छ त्यसैले आनन्दपूर्वक हिड।

४. उज्यालोमा मात्र सवैले साथ दिने हुन्, अध्यारोमा त आफ्नै छायाँले पनि साथ छोडिदिन्छ ।

५.आत्मबल निर्माण गर्न र अगाडि बढ्न गाह्रो छैन।आफूले आफैलाई दिएको वचन नतोडे पुग्छ। आफ्नै वचन आफनै निर्णय पूरा गरे पुग्छ।

६. काम सफल असफल जे होस्, ठीक हो भने गर्नुपर्छ, यसले जीवनलाई रस दिन्छ,अर्थ दिन्छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!