महान भनाइहरू

–सफलताको कुनै सूत्र हुँदैन । यो त केवल श्रम, मेहनत र निरन्तरतामा निर्भर हुन्छ ।

–कुनैपनि व्यक्ति आफुले चाहेजस्तै बन्न सक्छ, यदि दृढता, लगाव र सार्थक प्रयास छाडेन भने ।

–मान्छे प्रकृतिको सबैभन्दा विशेष कृति हो । उसले आफ्नो कल्पनालाई आफ्नो शक्तिभन्दा अगाडिसम्म लान सक्छ ।

–त्यस कुरामा कहिल्यै चिन्ता नगर, जुन तिम्रो अधिनमा छैन ।

–आफ्नो गल्तीलाई स्विकार नगर्नु फेरि अर्को गल्ती गर्नु हो ।

–कर्म बन्धन होइन, मुक्ती हो ।

–प्रथमत: तिमीले आफूलाई त्यस्तै बनाउनुपर्छ, जस्तो अरूबाट अपेक्षा राख्छौं ।

–जब जीवनमा अन्धकार छाउँछ त्यतिबेला विचलित नहुनु, किनभने अन्धकारमा नै तारा देखिन्छ ।

–धैर्य र समय, यी दुबै सर्वाधिक शक्तिशाली योद्धा हुन् ।

–संसार आफैमा एक प्रयोगशला हो, तिमी जति प्रयोग गर्छौं, उत्तिनै सिक्नु र उत्कृष्टता हासिल हुनेछ ।

–चन्द्रमासम्म पुग्ने इच्छ महत्वकंक्षा हो, हृदयसम्म पुग्ने इच्छा बुद्धिमानी हो ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!