विपत्ति सम्बन्धी राम्रा भनाइहरू

· विपत्ति नै केवल यस्तो तराजु हो, जसमा हामी मित्रहरुलाई तौलन सक्छौँ । प्लुटार्च

· विपत्तिभन्दा ठूलो शिक्षा दिने कुनै विद्यालय आजसम्म खुलेको छैन । प्रेमचन्द

· विपत्तिको समयमा मर्यादाको विचार हुँदैन । संस्कृत भनाइ

· विपत्तिमा सबै करुणा दया र शान्तिको कुरा गर्छन । विलियम शेक्सपियर

· निरन्तर प्राप्त भएको सफलताको हामीलाई संसारको केवल एउटा मात्र पाटो देखाउछ तर विपत्तिले हामीलाई अर्को पाटो पनि देखाईदिन्छ । कोल्टन

· विपत्ति वीर र साहसी मनको निमित्त एउटा कसी हो । व्योमन्ट

· विपत्तिमा आत्तिनु हुदैन, विपत्तिमा रुनु राम्रो होइन । विपत्तिमा सोच्नुपर्छ, विपत्ति टार्ने धेरै उपाय छन् । स्वेटमार्डन

· विपत्ति आएको बेलामा आफनो रक्षाको लागि मानिसले आफनो छिमेकी शत्रु नै भए पनि मेलमिलाप गर्नुपर्दछ । वेदव्यास

· विपत्तिभन्दा स्पष्ट शिक्षा कुनै छैन । डिजरायली

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!