शिवपुरी बाबाका भनाइहरू

  • प्रज्ञा र समाधिको आधारमा जिउने जीवनलाई ठीक जीवन वा स्वधर्म भनिन्छ ।
  • नैतिक अनुशासन पालन नगरे शरीर स्वस्थ हुँदैन ।
  • पहिलो अनुशासन पालन नगरे शरीर स्वस्थ रहदैन । शरीर स्वस्थ नभए शक्ति हुँदैन ।
  • आपत परेमा अरुसँग बुद्धि सापट लिन सकिन्छ तर मन लिन सकिदैन, आफैले यसको विकास गर्नुपर्दछ ।
  • जीवन र मरणका लागि प्रेम हुनु हुँदैन, स्वधर्मका लागि मात्र प्रेम गर्नुपर्दछ ।
  • सत्यदर्शनको लागि ब्रह्मा विष्णु महेश्वर भएर पनि काम लाग्दैन ।
  • सबभन्दा ठूलो कुरा कर्मकुशलता हो । आफनो काम ठीकसँग गर्नुहोस । गुणमा ध्यान दिनुहोस, संख्यामा होईन ।
  • अरुको दोष देखाएर आफनो कर्तव्य पुरा नगर्ने मानिस मानिस नै होइन । देश, काल, अवस्था हेरेर आफनो कर्तव्य पूरा गर्नुपर्दछ ।
  • जीवन राम्रोसँग चलाउन तीन तत्वहरु चाहिन्छ । दानधर्म, विवेक र भक्ति
  • नियम निष्ठा र समयनिष्ठा सबै कुरामा चाहिन्छ, स्वधर्मलाइ त अति नै आवश्यक छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!