मनुका अमर भनाइहरू

  • खेतमा छरेको बिउको झैँ पापको फल तुरुन्तै पाईदैन तर बिस्तारै फल्न थालेपछि पापीको जरै नाश गर्छ ।
  • सत्य र प्रिय बोल्नुपर्छ, अप्रिय सत्य बोल्नु हुदैन र प्रिय लाग्छ भन्दैमा असत्य बोल्नु हुदैन । यही सनातन धर्म हो ।
  • जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताले बास गर्दछन् ।
  • केवल सेवाधर्मको कारणले नै नारीहरु स्वर्गमा पनि ठूलो प्रतिष्ठा मिल्छ ।
  • हावाको सहयोगले सम्पूर्ण प्राणी बाँचे जस्तै गृहस्थाश्रमका भरोसामा सबै आश्रमीहरु बाँचेका छन् ।
  • जुन मानिसले सबै प्राणीहरुमा आत्मरुपले आफैलाई राख्छ त्यही मानिसले सबैमा समाहित भएर ब्रह्मत्वको परमपद पाउँछ ।
  • विद्धान व्यत्तिले आफनो विद्या आफूसँगै लिएर बरु मर्नु असल हुन्छ तर जस्तै आपद आईहाले पनि मरुभूमिमा बिऊ छरे जस्तो गरी कुपात्रलाई विद्यादान गर्नुहुँदैन ।
  • ठूलो मानिस आएको देखेपछि साना मानिसको सातो उडेको जस्तो हुन सक्छ त्यसैले उभिएर प्रणाम गर्नाले साहस आफनो ठाउँमा आउँछ ।
  • जिन्दगीमा कहिल्यै पनि नलड्नु ठूलो कुरा हैन तर लडेर उठ्न ठूलो कुरा हो ।
  • सम्पत्ति थोरै भए पनि वेदको अध्ययनबाट समृद्ध कुललाई असल कुलका रुपमा गनिन्छ र तिनीहरु यथस्वी हुन्छन् ।
  • उत्तम रीतले अग्निमा दिइएको आहुति सूर्यलाई प्राप्त हुन्छ । सूर्यबाटै वर्षा हुन्छ वर्षाले अन्नको उत्पादन हुन्छ र प्रजाको उन्नति हुन्छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!