- गहिरिएर सोच्नुभयो भने तपाईंलाई थाहा हुनेछ कि सफल व्यक्ति आफनो व्यक्तित्व र चरित्रको कारण नै महान बनेका छन् ।
- ईश्वरले एक पटकमा एउटै क्षण दिन्छन् र दोस्रो क्षण दिनुपूर्व त्यो क्षण फिर्ता लिन्छन् ।
- दिन दुखी मित्रको वेशमा हाम्रो सामुन्ने आउँछन् र प्रकृतिको अमूल्य उपहार ल्याउँछन् । यदि हामीले तिनको उपयोग गरेनौँ भने ती चुपचाप फर्किन्छन् ।
- जीवन गुमाउनुको सट्टा मानवीय गुणलाई हासिल गर्नुमा आफ्नो समयको सदुपयोग गर्नुपर्दछ ।
- आशा र आत्मविश्वास नै त्यस्ता तत्व हुन् जसले हाम्रो शक्तिलाई जागृत गर्दछन् र हाम्रो उत्पादन शक्तिलाई द्धिगुणा बढाउँछ ।
- अभिलाशाले तबमात्र परिणाम ल्याउँछ जब अभिलाषालाई दृढ निश्चयमा परिणत गरिन्छ ।
- जो मानिस आफनो मनको दास बनिरहन्छ, त्यो प्रभावशाली पुरुष बन्न सक्दैन ।
- हामी ईच्छा जसको गर्छौ, जसको प्राप्तिका लागि सम्पूर्ण अन्तष्करणदेखि अभिलाषा गर्छौ त्यसको प्राप्ति हामीलाई अवश्य हुन्छ ।
- अभिलाषाले तब मात्र फल दिन्छ जब त्यसले दृढ निश्चयको रुप धारण गर्दछ ।
- मानसिक स्वास्थ्यका लागि भरपूर किसिमले हाँस्नु ज्यादै हितकर छ ।
- असल मित्र भाग्यले नै पाइन्छ । त्यसैले वास्तविक मित्रलाई कहिल्यै गुमाउनु हुन्न । साँचो मित्र जीवनकै रक्षक हो ।
प्रेरक भनाई प्रेरक संसार प्रेरणा मनछुने भनाइहरू राम्रा भनाई विवश कुलुङ सफलता स्वेट मार्डन स्वेट मार्डनका मनछुने भनाइहरू
error: कपी गर्न अनुमति लिनुहोला !!