अन्धविश्वास सम्बन्धी भनाइहरू

  • ज्ञानि मानिस पनि अन्धविश्वासमा परेर मूर्खतालाई पछ्याउदछन् । – फ्रान्सीस वेवकन
  • अन्धविश्वासको मूख्यकारणको जरा नै काटिदिनुपर्छ । किनकी अन्धविश्वासको परिणाम स्वरुप मानिसको खोज गर्ने प्रवृत्तिको हत्या हुन जान्छ । – गौतम बुद्ध
  • पृथ्वीको निमित्त एउटा ठूलो भार अन्धविश्वास हो, विविध अनुष्ठानहरुद्धारा चर्च, मन्दिरहरुमा होईन, नाना किसीमको झुटा काल्पनिक कुराहरुबाट घरमा पनि पाप गरिन्छ । –जोन मिल्टन

आदिम मनुष्य अनेक क्रियाहरु र घटनाहरूका कारणहरूलाई जान्न पाउँदैनथ्यो। अज्ञानतावश उसको धारणा थियो कि यी सबैको पछि कुनै अदृश्य शक्ति छ। वर्षा, बिजुली, रोग, भूकम्प, वृक्षपात, विपत्ति आदि अज्ञात तथा अज्ञेय देव, भूत, प्रेत र पिशाचहरु प्रकोपका परिणाम मानिन्थे। ज्ञानको प्रकाश भएर पनि यस्ता विचार हराएर गएनन्, मात्र यी अंधविश्वास मानिन थालिए। आदिकालमा मनुष्यको क्रिया क्षेत्र संकुचित थियो। यस कारण अंधविश्वासको सङ्ख्या पनि कम नैं थियो। जब जब मनुष्यका क्रिया-कलापको विस्तार भयो तब अंधविश्वासको जाल पनि फैलियो र यिनका अनेक शाखा-प्रशाखा भए। अन्धविश्वास सार्वदेशिक र सार्वकालिक छ। विज्ञानका प्रकाशमा पनि यो लुकेर बस्छ। यसको कहिले सर्वथा उन्मूलन हुँदैन।

अन्धविश्वासको सर्वसम्मत वर्गीकरण सम्भव छैन। यसको नामकरण पनि कठिन छ। पृथ्वी शेषनागमाथि छ, वर्षा, गर्जन र बिजुली इन्द्रका कामहरु हुन्, भूकम्पकी अधिष्टात्री एक देवी छे, रोगहरुका कारण प्रेत र पिशाच हुन्, यस प्रकारका अन्धविश्वासलाई प्राग्वैज्ञानिक वा धार्मिक अन्धविश्वास भनिन्छ। अन्धविश्वासको अर्को ठूलो वर्ग छ मन्त्र-तन्त्र। यस वर्गका पनि अनेक उपभेद छन्। मुख्य भेद हुन् रोग निवारण, वशीकरण, उच्चाटन, मारण आदि। विविध उद्देश्यहरु पूरा गर्न मन्त्र प्रयोग प्राचीन तथा मध्य कालमा सर्वत्र प्रचलित थियो। मन्त्र द्वारा रोग निवारण गरिन्छ भन्ने अनेक मानिसहरूको व्यवसाय थियो। विरोधी र उदासीन व्यक्तिलाई आफ्नो वशमा गर्नु वा अर्काका वशमा गराउनु मन्त्र द्वारा सम्भव मानिन्थ्यो। उच्चाटन र मारण पनि मन्त्रका विषय थिए। मन्त्रको व्यवसाय गर्ने दुइ प्रकारका हुन्थे-मन्त्रमा विश्वास गर्ने, र अर्कालाई ठग्नका लागि मन्त्र प्रयोग गर्ने।

जादू-टुना, शकुन, मुहूर्त, मणि, ताबीज आदि अन्धविश्वासका सन्तान हुन्। यी सबका अन्तस्तलमा केही धार्मिक भाव छन्, परन्तु यी भावहरूको विश्लेषण हुन सक्तैन। यिनमा तर्कशून्य विश्वास छ। मध्य युगमा यो विश्वास प्रचलित थियो कि यस्तो कुनै काम छैन जो मंत्र द्वारा सिद्ध हुँदैन। असफलताहरूलाई अपवाद मानिन्थ्यो। यस कारण कृषि रक्षा, किल्लाको रक्षा, रोग निवारण, सन्तान लाभ, शत्रु विनाश, आयु वृद्धि आदिका निम्ति मन्त्र प्रयोग, जादू-टुना, मुहूर्त र मणिको पनि प्रयोग प्रचलित थियो।

मणि धातु, काठ वा पातको बनाइन्छ र त्यसमा कुनै मन्त्र लेखेर गला वा पाखुरामा बाँधिन्छ। यसलाई मन्त्रले सिद्ध गरिन्छ र कहिले-कहिले यसलाई देवतालाई झैं गरिन्छ। यसको उद्देश्य हो आत्मरक्षा र अनिष्ट निवारण।

योगिनी, शाकिनी र डाकिनी सम्बन्धी विश्वास पनि मन्त्र विश्वासको नैं विस्तार हो। डाकिनीका विषयमा इंग्ल्याण्ड र यूरोपमा १७ औँ शताब्दीसम्म कानुन बनि सकेका थिए। योगिनी भूतयोनिमा मानिन्छ। यस्तो विश्वास छ कि यसलाई मन्त्र द्वारा वशमा गर्न सकिन्छ। फेरि मन्त्र पुरुष यसद्वारा अनेक दुष्कर र विचित्र कार्य गराउन सक्छ। यही विश्वास प्रेतका विषयमा प्रचलित छ।

फलित ज्योतिषको आधार गणित हुँदैमा यो अन्धविश्वास होइन भन्दा हुन्न । शकुन अन्धविश्वास हो। अनेक अन्धविश्वासले रूढिको पनि रूप धारण गरेकोछ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!