- समय महान शिक्षक हो । एडमण्ड वर्क
- दौडनु व्यर्थ हो, प्रमुख कुरा त समयमा हिँडनु हो । ला. फान्तेन
- ठीक समयमा गरिएको सानै काम पनि ठूलो हुन्छ । योग वशिष्ठ
- समयअनुसार मित्रता जोडिन र तोडिन सक्छ । –खप्तडबाबा
- प्रतिकुल समयको बेला शत्रुलाई पनि काँधमा राखेर सुम्सुम्याउनुपर्छ । –वेदव्यास
- कुनै राम्रो काम थाल्न शुभसाइत कुर्नुपर्दैन, समय पाउनासाथ काम शुरु गर, त्यसैमा तिम्रो भलाइ हुन्छ । –रिसर
- समय सबै वस्तुसँग प्रतिबद्ध हुन्छ, समयले संसारलाई अनेकन परिवर्तनको मार्गमा लैजान्छ । गौतम बुद्ध
- समयलाई नष्ट नगर किनकि जीवन यसैबाट बनेको हुन्छ ।
- आलस्य स्वभाव समयको चोरी हो । यदि मानिसले आजकोे कामलाई भोलिको निमित्त नराखे धेरै खराबीहरुबाट बच्न सक्दछन् । सुकरात
आफ्नो न्युज नेपाली भनाई प्रेरक भनाइ प्रेरणा मनकाे कुरा मनकाे भनाइ मनकाे रहर राम्राे भनाइ समयकाे महत्व सयम
error: कपी गर्न अनुमति लिनुहोला !!