- समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।–डिज्रायली
- एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।– अज्ञात
- पापी मानिस सत्यबाट डराउँछ ।–सुकरात
- सत्य तितो हुन्छ । –चाणक्य
- सत्य सुन्दर हो र सुन्दर नै सत्य हो । –लक्ष्मीप्रसाद देवकोटा
- सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन । –बेकन
- कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु ।–भानुभक्त आचार्य
- जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैनत्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।–मिल्टन
- सत्य बस्तुत अन्त्यसम्म नै सत्य नै रहन्छ ।–सेक्सपियर
- साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।–कार्लाइल
- सत्य बोल यदी त्यो तिम्रो विपरीत छ भने पनि ।–कुरान
- संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केही हुदैन ।–चसर
- सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।–बाल्मिकी
- जोसँग सत्य छ, त्यो एक्लै भए पनि बहुमतमा हुन्छ ।–डगलस
- सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।–जर्मनेली उखान
अमर भनाई नेपाली भनाई प्रेरणा भनाई सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!