- तिमीले मलाई मार्न चाहन्छौ भने मार । तर, याद गर मैले छोडेका विचारलाई तिमीले कहिल्यै मार्न सक्नेछैनौ ।
- यदि तिमी हिंडिरहेको बाटोमा कुनै पनि बाधा आएन भने, त्यो बाटोमा हिंडेर तिमीले प्रगति गर्न सक्दैनौ ।
- काम बिनाका शब्द महत्वहीन हुन्छन् ।
- तिम्रो जितको खुशीयाली होइन, तिमी हारेर पनि फेरी उठ्नुको खुशीयाली मनाऊ ।
- ठूलो सफलता हासिल गर्नको लागि, सबैभन्दा पहिले तिमीले सबैकुराको त्याग गर्न सक्नुपर्छ ।
- संघर्ष बिना स्वतन्त्रता प्राप्त हुँदैन ।
- व्यवहारिक बन । तर, असम्भव कुराहरुको चाहना राख ।
- साथीहरु नहुनु भनेको दु:ख लाग्दो कुरा हो । तर, शत्रुहरु नहुनु भनेको त्यो भन्दा झन् बढी दु:ख लाग्दो कुरा हो ।
- सच्चा परिवर्तनकारीहरुले बाहिर देखावटी रुपमा नभई, भित्री मन र मस्तिष्कबाट विचारहरुले सिङ्गारिएका हुन्छन् ।
- हरेक काम सफल हुनको लागि दृढ इच्छाशक्ति चाहिन्छ ।
- परिवर्तन ल्याउन चाहन्छौ भने, सबैभन्दा पहिले शिक्षित बन ।
- हरेक दिन मानिसहरुले आफ्नो कपाल मिलाउँछन्, तर मुटुलाई किन यत्तिकै छोडिदिन्छन् ?
- एउटा व्यक्तिको जीवनको मूल्य, संसारकै धनी व्यक्तिसंग भएको सबै सम्पत्ति भन्दा पनि बढी हुन्छ ।
- जबसम्म तिमीले ‘म मरेपनि मर्छु, तर प्राप्त गरेरै छोड्छु’ भन्ने अठोटले हिंड्दैनौ, तबसम्म तिमीले आफूले चाहेको कुरा प्राप्त गर्न सक्दैनौ ।
- मौन रहनु भनेको फरक तरिकाले आएको तर्क हो ।
- आमूल परिवर्तन भनेको पाकेर आफै भुइँमा झर्ने स्याउ जस्तो होइन । त्यसलाई तिमीले आफ्नै प्रयासले प्राप्त गर्नुपर्छ ।
चे ग्वेभारा चे ग्वेभाराका विश्व हल्लाउने भनाइहरू भनाईहरू महान भनाई विश्व हल्लाउने भनाइहरू सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!
Good