राजा भर्तृहरिका भनाइहरू

  • दान, भोग र नाश धनका यी तीन गति हुन्छन । जो न दिन्छ, न भोग्छ उसका धनको तृतीय गति हुन्छ ।
  • उपकार गर्नु सबभन्दा ठूलो धर्म हो, कर्मदक्षता सबभन्दा ठूलो अर्थ हो । सुपात्रलाई दान दिनु सबभन्दा ठूलो तृप्ति हो र वैराग्य सबभन्दा ठूलो मक्ति हो ।
  • साहित्य, सगींत र कलाले रहित पुरुष सिं र पुच्छर बिनाको साक्षात पशु नै हो ।
  • अज्ञानि व्यक्तिलाई सरलतापूर्वक प्रसन्न पार्न सकिन्छ, तर मूर्ख मानिसलाई ब्रह्माले पनि प्रसन्न गर्न सक्दैनन् ।
  • जसमा न विद्या छ, न ज्ञान छ, न गुण छ, न धर्म छ ती नरपशु पृथ्वीका निम्ति भार हुन् ।
  • वाणी नै मनुष्यको एउटा यस्तो आभूषण हो जो कहिल्यै खिचिदैन । अन्य आभूषण त खिचिएर सकिन्छन् ।
  • घृणा गर्नु दुष्टको काम हो । क्षमा गर्नु मनुष्यको धर्म हो र प्रेम गर्नु देवताको गुण हो ।
  • फूल लाग्दा वृक्ष विनम्र हुन्छन्, जलले भरिँदा बादल पृथ्वीसम्म झर्दछन, सज्जन समृद्धिबाट विनम्र बन्दछन्, यहि नै परोपकारीको स्वभाव हो ।
  • आलस्य मानिसको शरीरमा बस्ने ठूलो शत्रू हो ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!