यी भनाइहरू पढ्नुस् अनि खुशी हुनु भएन भने मलाई गाली गर्नुस्

१.अविवाहितहरु प्रेमको प्रभावले वर्बाद हुन्छन् भने विवाहितहरु प्रेमको अभावमा वर्बाद हुन्छन् ।

२. खान नपाएर थोरै मान्छे मर्छन भने खान नजानेर धेरै मान्छे मर्छन् ।

३.धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ भने गुणी बन्न खोज्ने मान्छे धनी बन्छ ।

४. गरीब त्यो होइन जसले बिस्त्र किन्न सक्दैन । गरीब त्यो हो जसको महँगो बिस्त्र भएर पनि सुत्न सक्दैन ।

५. सबैभन्दा सस्तो औषधि हाँसो हो, यसको कमी भयो भने सबभन्दा महँगो औषधि खान बाध्य भइन्छ ।

६. सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो ।

७. व्यापारीले कमाउन सकेन भने ऊ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ ।

८. सम्पति नभएर गरिब भईदैन । भएको सम्पति नचिनेर गरिब होइन्छ ।

९. धन भनेको कम्पोस्ट मल जस्तै हो । यदि यसलाई धेरै ठाउँमा फैलायो भने धेरै ठाउँको कल्याण
गर्छ | यदि यसलाई एकै ठाउँमा थुपारियो भने यसले दूर्गन्ध फैलाउने बाहेक अरु केही गर्दैन” |

१०. र्कालाई सुख बाँड्नको लागि पहिले आफै सुखी बन्नु पर्दछ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!