- विद्धान हुँदैमा मानिसले आत्मिक गौरव पप्त गर्न सदैन । त्यसका लागि सद्चरित्र हुनु परमावश्यक छ ।चरित्रको अगाडि विद्धत्ताको मूल्य कम छ ।
- बालकको चरित्र मातापिताको सदाचार, परिवारप्रतिको व्यवहार, घरको पवित्रताबाट निर्माण हुन्छ ।
- चोर दण्डबाट मात्र बच्न चाहन्न, ऊ त अपमानबाट बच्न चाहन्छ । ऊ दण्डबाट त्यति डराउन्न जति अपमानबाट डराउँछ ।
- मान सम्मान त्यतिखेरसम्म छ जतिखेरसम्म अरुको अगाडि सहयोगका लागि हात थापिन्न ।
- कसैलाई पनि अर्काको श्रममाथि मोटाउने अधिकार छैन । कर्म गर्नु नै प्राणी मात्रको धर्म हो ।
- विचार र व्यवहारमा सामन्जस्य नहुनु नै धैर्यता हो, गद्धारी हो ।
- आफ्नै घरमा जसले सुधार गर्न सक्दैन उसले अरुलाई सुधार्ने चेष्टा गर्नु ठूलो धूर्तता हो ।
- सानो ठूलोको भेद केवल धनैबाट हुदैँन । मैले ठूलाठूला धनकुवेरलाई भिक्षुका सामुन्ने घुँडा टेकेको देखेको छु ।
- कर्तव्यले कहिल्यै आगो र पानीको वास्ता गर्दैन । कर्तव्य पालन नै चित्त शान्तिको मूल मन्त्र हो ।
- भय जस्तै साहस पनि संक्रामक हुन्छ ।
अमर भनाइहरू नेपाली भनाइ प्रेरक धनाई मुन्शी प्रेमचन्द मुन्शी प्रेमचन्दका अमर भनाइहरू राम्रा भनाई सफल भनाइहरू
error: कपी गर्न अनुमति लिनुहोला !!