- सफा हृदयलाई सजिलैसँग भयवित पार्न सकिन्न ।
- मनिसले अस्ताउँदो सूर्य देखेर आफ्नो ढोका बन्द गर्दछन् ।
- प्रत्येक मानिसलाई आफ्नै जीवन प्यारो लाग्दछ तर महापुरुषलाई आफ्नो जीवनभन्दा पनि बढी प्रिय र मूल्यवान ईज्जत लाग्छ ।
- जब अत्याचारीले प्रेमको अभिनय गर्छ तब भने डराउनु पर्छ ।
- हरेक मानिसको निन्दा सुन तर आफनो निर्णय गोप्य राख ।
- आफ्नो विवेकलाई नै आफ्नो शिक्षक बनाऊ । शब्दलाई कर्मसँग र धर्मलाई शब्दसँग मेल गराऊ ।
- कर्मलाई वचनको अनुरुप र वचनलाई कर्मको अनुरुप बनाऊ ।
- आफ्ना विचारलाई आफ्नै कारावास नबनाऊ ।
- अपराधि मन शंकाको अड्डा हो । चोरलाई हरेक झाडीमा पुलिसको डर हुन्छ ।
- मेरो सम्मान नै मेरो जीवन हो, दुवै एक साथ बढ्दछन् । मेरो सम्मान नष्ट गर्यौ भने मेरो जीवन पनि नष्ट हुनेछ ।
- जति देखाउन सक्छौ त्यसभन्दा बढि तिमीसँग हुनुपर्दछ र जति तिमी जान्दछौ त्यसभन्दा थोरै बोल्नुपर्दछ ।
अमर भनाइ नेपाली भनाइ प्रेरक भनाइ भनाइहरू महान भनाइ विलियम शेक्सपियर विलियम शेक्सपियरका भनाइहरू
error: कपी गर्न अनुमति लिनुहोला !!