चाणक्यका अमर भनाइहरू

  • विवेक पाएका गुणले सुन्दरता प्राप्त गर्दछन् । जसरी सुनमा जडिएको रत्न ज्यादै शोभायमान हुन्छ ।
  • विगतलाई लिएर शोक गर्न हुदैन, भविष्यमा के होला भनेर चिन्ता गर्नु हुदैन । वर्तमानको समयलाई हेरेर नै विद्धानहरु कुनै कार्यमा लाग्दछन् ।
  • जहाँ राजा हुदैनन त्यहाँ सबलले दुर्बललाई खान्छ । तर जहाँ राजा हुन्छ त्यहाँ निर्बल पनि सबल बन्छ ।
  • स्त्रीको गुरु पति हो । अतिथि सबैको गुरु हो । चारै वर्णको गुरु बा्रह्मण हो ।
  • भेलभाव गोप्य राख्नु सफलताको साँचो हो । अतः मनको भेद हृदयलाई पनि नदेऊ ।
  • अपार वैभवशाली कुवेरले पनि यदि आम्दानी भन्दा बढी खर्च गरे भने कंगाल हुनेछन् ।
  • जो बाँचिरहँदा विद्धान, मित्र र बन्धु बान्धव पनि बाँच्दछन, उसैको जीवन सार्थक छ । आफना लागि त को बाँच्दैन र ?
  • चामलभन्दा दस गुणा पीठो गहुँको, पीठोभन्दा दस गुणा दूध र दूध भन्दा दस गुणा गुणकारीयुत्त हुन्छ ।
  • कुलकै कारणले कोही ठूलो हुँदैन, विद्याले नै उसलाई पूजनीय बनाउँछ ।
  • जसको मनमा पाप छ ऊ सयपटक तीर्थस्नान पछि पनि पवित्र हुन सक्दैन । जसरी मदिराको पात्र पोलेर पनि शुद्ध हुदैन ।
  • प्राणीले जस्तो भोजन गर्छ, उसका त्यस्तै सन्तान हुन्छन् ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!