
१. साथ आउनु सुरुवात हो । साथ रहनु प्रगति हो । साथ काम गर्नु सफलता हो ।
२. जब साबैथोक तिम्रोविरुद्ध गइरहेको छ भने पनि नआत्तिउ, यो ख्याल राख कि हवाईजहाज हावाको उल्टो दिशालाई चिरेर मात्र उड्ने गर्दछ. हावासँगै होइन ।
३. असफलता भनेको फेरि सुरुवात गर्ने अवसर हो, यसपटक अघिल्लो अनुभवका साथ ।
४. शिक्षाको उद्देश्य मानिसको मस्तिष्कमा तथ्य र तथ्याकंले भर्नु होइन बरु सोच्नमा कसरी मस्तिष्कको प्रयोग गर्ने भन्ने सिकाउने हुनुपर्दछ ।
५. म गर्न सक्छु वा म गर्न सक्दिन- तिमी जे सोच तर दुवै अवस्थामा तिमी सही छौ ।
६. यदि तिमि भविष्यको बारेमा सोच्दैनौ भने तिम्रो कुनै भविष्य हुनेछैन ।
७. जसले सिक्न बन्द गर्दछ त्यो बुढो हुन पुग्दछ । जो निरन्तर सिकिरहन्छ उ सदैव जवान रहिरहन्छ ।
८. श्रेष्ठतामा विश्वास गर ! सधै श्रेष्ठ हुने लक्ष्य राख । आफ्नो श्रेष्ठता भन्दा कममा कहिल्यै चित्त बुझाएर नबस । यसरी कालान्तरमा तिम्रो सफलताको परिणाम पनि सर्वोत्कृष्ट आउनेछ ।
९. यदि सबैजना सँगसँगै अघि बढिरहेका छन् भने सफलताले आफ्नो काम आफै गर्न थाल्नेछ ।
१०. गल्ती नखोज, त्यसको समाधान खोज ।