मनछुने केही भनाईहरु

  • सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।
  • एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।
  • सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।
  • केही पनि जोखिम नलिनु जति ठूलो जोखिम केही छैन ।
  • विपरित परिस्थितीमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।
  • सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्, एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।
  • जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानिसक स्थिती सही हुनुपर्छ ।
  • कुनै पनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।
  • इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितिमा धैर्य बनाइराख्नुपर्छ ।
  • सानोतिनो कुरा मनमा राख्नाले ठूलो-ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।
  • जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!