सन्त कवीरमा भनाईहरु

यस संसारका मानिसको माया मोह झुटो हो । सुख वैभवरुपी माया जुन घरमा जति धेरै छ तथा त्यसजन्य प्रसन्नता जति बढी छ, त्यहाँ त्यति नै बढि विपत्ति छ । त्यस घरमा वैरभाव र पीडा छ ।

काम शब्दको उच्चारण सरल छ, त्यसैले सबैले भनिरहन्छन् तर कामको वास्तविक रुपलाई चिन्दैनन्, त्यसको गम्भिर अर्थभेद बुझदैनन । मनका जति पनि विषयसम्बन्धि कल्पना छन्, ती सबैको संयुत्त रुप काम हो ।

अबुझले मेरो कुरा पत्याउन्नन । चाहे कुनै मानिस साधु वैरागीको भेषमा होस, वा गृहस्थमा कुनै पनि रुपमा कामी मनुष्यको कुनै ठेगाना छैन, अर्थात त्यसको उद्धार हुन सक्दैन ।

जो वर्णाश्रमभन्दा माथि उठ्छ उही सद्गुरु हुन्छ, उसैले मानवहित गर्नसक्छ ।

गुरु मोक्षद्धारका द्धारपाल हुन्, प्रभु पाउने भए त गुरुको आर्शिवाद हुनु आवश्यक छ ।

गुरुको हप्काई पिताको प्रेम भन्दा पनि असल हुन्छ ।

गुरु परमात्माकै रुप हो । गुरु अन्तर्मन हेर्ने सूक्ष्म दृष्टि राख्दछन्

बहुरुपी हुनाको कारण मनोभावनाका विभिन्न रुप छन् जो क्षण क्षणमा बदलिन्छन् । संसारको दृष्य अनुसार परिवर्तन भईरहन्छ ।

माया मोहिनीले संसारलाई मोहित गरी लोभरुपी कोलमा पिस्दछ । यसबाट त कोही बिरलै सन्त बच्न सक्ला, जसले आफ्नो कुल मर्यादा तथा अभिमानलाई तोडको होस ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!