नेपाली महान भनाइहरू

१. यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हरेक पटक तपाईनै झुक्नु पर्छ भने त्यो सम्बन्धलाई त्यही रोकिदिनु ।

२. ठूलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।

३. जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, मात्र जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।

४. जहाँ तिम्रो कदर हुदैन त्यहाँ जान बन्द गरिदिनु, चाहे त्यो कसैको घर होस् या कसैको मन ।

५. जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछी पनि सबैले याद गर्नु त्यो तिम्रो कर्ममा निर्भर छ ।

६. असफल मान्छे दुनियाको डरले सोच बदल्ने गर्छन्, सफल मान्छे आफ्नो सोचले दुनियाँ बदल्ने गर्छन् ।

७. मान्छेले समयलाई सोधेछ, “आखिर किन हरेक पटक म हार्ने गर्छु ?” तब समयले भनेछ, “दिन होस् या रात, घाम होस् या छायाँ, वर्षा होस् या खडेरी, म सधै हिड्ने गर्छु, त्यसैले म जित्ने गर्छु ।” त्यसैले यदि तिमि पनि जित्न चाहन्छौ भने सधै हिड्ने गर ।”

८. व्यवहार यति सरल बनाउनु कि सबै तिमीसँग बस्न सकुन् र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहुन् ।

९. राम्रो देखिनको लागि हैन, राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई झुकाउन पनि सक्छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!