रोबिन शर्माको प्रेरक भनाइहरू

-नेतृत्व कुनै पद होइन, व्यवहार हो ।
-तिम्रा दैनिक बानीले तिम्रो सोंच र व्यवहार बताइरहेको हुन्छ ।
-समस्या तब मात्र समस्या हो, जब तिमीले त्यसलाई समस्याको रुपमा हेर्छौ ।
-सबैले तिमीलाई मन पराउन् भन्ने चाहन्छौ भने तिमी सफल हुन सक्दैनौ ।
-तिमी जन्मिदा नै बिशेष व्यक्तिको रुपमा जन्मिएको छौ । अब औसत मान्छे बनेर मर्न नखोज ।
-चाहना र सम्भावनालाई जब बाहिर व्यक्त गरिँदैन तब ति पीडा बनेर दबिन्छन् ।
-काम गर्दै जादा चुनौती महशुस गरिरहेको छैनौ भने तिमीले कुनै ठूलो काम गरिरहेका छैनौ ।
-आफूलाई डर लाग्ने काम गर्दै जाँदा डर आफै हराउँदै जान्छ ।
-आफ्नो आम्दानी बढाउन चाहन्छौ भने आफूमाथि लगानी गर ।
-हरेक दिन सानो-सानो कुरामा सुधार गर्दै अगाडि बढ्छौ भने पनि तिमीले जीवनमा ठूलो परिवर्तन पाउनेछौ ।
-तिमी आफू खुसी नहुन्जेल अरुलाई खुसी दिन सक्दैनौ ।
-समय व्यवस्थापन गर्न सक्छौ भने तिमीले जिन्दगी व्यवस्थापन गर्न सक्छौ ।
-तिमीले बनाउने बहाना अरु केही होइनन्, तिमीलाई तिम्रो डरले दिएको झुट मात्र हुन् ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!