लोकसेवा वस्तुगत प्रश्नोत्तर

-कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि सार्क आपतकालीन कोषको घोषणा कहिले गरिएको हो ?-सन् २०२० मार्च १५ ।
-लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्न नेपाल प्रहरीद्वारा प्रयोगमा ल्याइएको उपकरण ‘एमएआरडी’को पूरा रूप के हो ?-मल्टी फङ्सनल अरेस्ट एन्ड रेस्क्यु डिभाइस ।
-चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण नेपालमा पहिलोपटक कहिले देखिएको हो ? -विसं २०७६ माघ १० ।
-राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?-आव २०७६/७७ ।
-बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?-नेपाल (सन् २०२० मार्च) ।
-सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?-सिमसार र जैविक विविधता ।
-नेपाल राष्ट्र बैङ्कले व्याजदर करिडोर कहिलेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको हो ?-विसं २०७४ कात्तिक २९ ।
-नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?-विसं २०७५ कात्तिक ४ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!