IPO भर्न के गर्नुपर्छ ? यहाँ सजिलो तरिकाले बुझ्नुस्

आईपीओमा आवेदन दिन सुरुमा बैंक खाता खोल्नुहास् । तपाईले बैंक खाता खोलेपछि डिम्याट खाता खोल्नु पर्छ । जसरी मानिसले आफ्नो पैशा जम्मा गर्न र चाहेको समयमा झिक्नको लागि बैंक खाता खोलेका हुन्छन् त्यस्तै सेयर भर्नको पनि बैंक खाता अनिवार्य हुन्छ ।

डिम्याट खाता
जुन बैंकमा खाता छ त्यही बैंकमा गएर डिम्याट खाताको आवेदन भर्नुहोस् । डिम्याट खाता त्यस्तो खाता हो, जसले तपाईले भरेको आईपीओको बैंकमा पैसा जम्मा गरेजस्तै तपाइले डिम्याट खातामा शेयर जम्मा गर्नुपर्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो । त्यसैले आइपीओ भर्नका लागि पनि डिम्याट खाता चाहिन्छ ।

सीआरएन नम्बर
डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक (डिम्याट खातामा उल्लेख गरिएको बैंक) मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने पुलकाे काम गर्दछ । सिआरएन नम्बर अति जरुरी हुन्छ । तपाईलाई आईपीओ भर्न सिआरएन नम्बर चाहिन्छ ।

मेरो सेयर
डिम्याट खाता खोलिसकेपछिको प्रक्रिया भनेको मेरो सेयर सुविधा लिने हो । मेराे शेयरकाे लागि तपाईसँग इमेल ID भने हुनुपर्छ । मेरो सेयर सुविधामार्फत तपाईंले घरमै बसेर आईपीओ भर्न सक्नुहुनेछ । डिम्याट जहाँ खोल्नु भयो त्यहिँ तपाईंले मेरो सेयरको एउटा फारम भर्नुभयो भने तपाईको इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ । मेरो सेयर सुविधा नलिनेहरुले भने बैंकमा गएर नै आईपीओ भर्नुपर्ने हुन्छ । मेरो सेयर सुविधा लिएमा भने तपाईंले आईपीओ भर्नका लागि बैंकसम्म पुग्नु पर्दैन ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!