प्रेरक कथा

सहरको एक गल्लीमा पुरानो तालाको दोकान थियो । दोकानमा तालाचाबी मात्र बेच्न राखिएका थिए । कहिलेकाहीँ चाबी हराएका मानिस डुप्लिकेट चाबी बनाउन पनि आउँथे । तालाको दोकानमा एउटा ठूलो हथौडा पनि थियो, जुन ताला तोड्नलाई प्रयोग गरिन्थ्यो ।
सानो चाबीले सहजै ताला खोलेको देखेर हथौडा अक्सर सोच्थ्यो– आखिर यति सानो चाबीमा त्यस्तो के खुबी छ, जसले ठुल्ठूला ताला पनि सजिलै खोलिदिन्छ, जबकि मलाई यसका लागि कति धेरै प्रहार गर्नुपर्छ । हथौडाले जिज्ञासा जसरी पनि मेटाउने सोच्यो ।
सोही रात दोकान बन्द भएपछि हथौडाले एउटा सानो चाबीलाई सोध्यो, ‘तिमीहरू यति साना छौ । तर पनि तिमीहरू जिद्दी तालालाई सजिलै खोलिदिन्छौ । जबकि म यति बलशाली हुँदा पनि त्यस्तो गर्न सक्दिनँ ?’ चाबीले हास्दै भन्यो, ‘खासमा तिमी ताला खोल्नका लागि बलको प्रयोग गर्छौ । यसले ताला खुलाउँदैन, फुटाउँछ । जबकि म तालालाई कुनै चोट पुर्‍याउँदिनँ ।बरु म उसको भित्री मनमा गएर ऊसँग मेल गर्छु र उसको मनमा ठाउँ बनाउँछु । त्यसपछि खुल्न निवेदन गर्दा पनि ऊ खुसी खुसी खुल्छ ।’
हथौडा र चाबीको संवादमा मानवीय स्वभावको झल्को भेटिन्छ । हामीले अरूबाट काम गराउने हो भने उसको मनभित्र बस्न सक्नुपर्छ । दबाबमा जबर्जस्ती काम त गराउन सकिन्छ, तर यसबाट उसको मनमा हामीप्रति कुनै सम्मान हुँदैन । साथै मनैदेखि काम गराउन र गर्नको लागि हथौडाको रुपमा होइन चाबीको रुपमा आफूलाई उभ्याउन सक्नुपर्छ । कथामा भनिएजस्तै जो चाबी बन्न सक्छ उ अवश्य सफल हुन्छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!