तपाईको लागि संकलित सामाजिक भनाइहरू

राज्य र समाजमा कुनै अन्तर छैन । समाज नै राज्य हो र मानिस सामाजिक तथा राजनीतिक दुवै प्रकारको जीव हो । -प्लेटो

समाज वर्गहरूको समग्र रुप हो र समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । -कार्ल मार्क्स

समाजको विकास मानिसहरूको विचार, इच्छा, आकांक्षाबाट होइन, भौतिक कारणहरूद्धारा निर्धारण हुन्छ । -कार्ल मार्क्स

समाजप्रति समर्पित हुने व्यक्तिले आफ्नो जीवनलाई सार्थक बनाउन सक्छ । -अल्बर्ट आईन्स्टाईन

समाज व्यत्तिहरूको संकलन वा समग्रता हो जुन निश्चित सम्बन्धहरूद्धारा तथा व्यवहारको तरिकाबाट बाँधिएका हुन्छन् । -मोरिस गिन्सवर्ग

समाज सामाजिक सम्बन्धहरूको तरंग वा जालो हो । -म्याक इभर एण्ड पेज

समाज मानिस र उसका साथीहरूसँगको सम्बन्धको जटिल समग्रता हो । -टाल्कोना परसन्स

पश्चिमी समाज निरीश्वरवादि छ भने पूर्वीय समाज ईश्वर मान्ने किसिमको । -महात्मा गान्धि

कुनै निश्चित उद्धेश्य लिएका व्यत्तिहरुको संगठन नै समाज हो । -हर्नवाइ

साझा अनुभव, मूल्य, प्रवृत्ति, बानि र संस्कृति बोकेका व्यत्तिहरूको एकताबद्ध समूह समाज हो । -सी. भी. गुड

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!