किराती कुलुङ’ पुस्तक समिक्षा

निनाम लोवात्ती कुलुङ
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखम) का केन्द्रीय महासचिव इन्द्र होनीत्ती कुलुङद्धारा लिखित ‘किराती कुलुङ’ नामक किताब प्रकाशित भएको छ । उक्त किताबको शीर्षकले समग्र किरातीहरुकै प्रतिनिधित्व गरेको देखिए तापनि उक्त किताबभित्र भने किराती महाजातिभित्रका एक जाति कुलुङ जातिका बारेमा विस्तृतमा उल्लेख गरिएको छ । यसको अर्थ अरु किरातीहरुबारे केही उल्लेखै छैन भन्ने होइन । निश्चय नै किरात महाजातिभित्रका हाँगाबिँगाहरुको जराजरासम्मै चर्चा गरिएको छ । त्यसैले सबै किराती लगायत नेपालका विभिन्न जातजातिका अगुवाहरु, मानवशास्त्री, समाजशास्त्री, जातिशास्त्री, भाषाशास्त्री, लेखक, बुद्विजीवी, पत्रकार एवम् मानवशास्त्र/समाजशास्त्रका विद्यार्थी लगायतका लागि पनि विशेष पठनीय र संग्रहणीय रहेको छ, ‘किराती कुलुङ’ नामक किताब ।
यसरी नेपालका प्राचीन जाति कुलुङ जातिका बारेमा जान्न र बुभ्mन चाहने देश/देशावरका खोज तथा अनुसन्धानकर्ताहरु र नेपालकै पनि समग्र जातजाति खासगरी किराती महाजाति र, त्यसभित्र पनि कुलुङ जातिका बारेमा समग्रमा जस्तै कुलुङ जातिको ऐतिहासिक भूमि अर्थात् उत्पत्ति थलो, कुलुङ जातिको पूर्खाहरु जस्तो हाल कुलुङ भनेर चिनिने कुलुङ जातिहरुको २३/२४ पुस्ताको नाम (स्मरण रहोस्, २३/२४ पुस्तापछि र, कुलुङ जाति अरु समुदाय वा जातिजातिहरुबीच कुलुङ भनी चिनिनु अघिका मुख्य चारवटा कुलुङहरुको वंशहरु थिए । उनीहरु खप्दुलु, छेम्सी, ताम्सी राताप्ख हुन् । लेखक कुलुङले ती चार पूर्खाहरुका बारेमा विस्तृतमा जानकारी दिएका छन् । यो प्रसंग यहाँ किन राखिएको/लेखिएको हो भने, सुरुमा यो पंक्तिकारले जातजाति, भाषाभाषी जातीय स्वपचिान आदि बारे नबुभ्mदाको अवस्थामा जस्तो राई भनेको के हो ?, गाई भनेको के हो, भैसी भनेको के हो, राँगो भनेको के हो, बोको भनेको के होे ?, हाँस भनेको के हो ?, कुखुरो भनेको के हो ?, भन्ने थाहा नहुँदा !!! राई जात वा जाति होइन । यो त नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी/पगरी मात्रै हो भनी सम्झाउने/बुझाउने कुु्लुङ जातिको अगुवा मानिएकै व्यक्तिले पछि गएर गुहू/आची खाएपछि र, समग्र कुलुङ जातिको कूपात्रका रुपमा चिनिएपछि उनले कुलु, पिल्मो सोत्तो नामक सानो पुस्तिका नै निकाले अझ राई जात नै हो भनेर जसरी वकालत गर्न थाले । यो थाहा पाएर कुलुङ समुदायका ‘पिलो’को रुपमा रहेका ती कूपात्रलाई कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा (स्मरण रहोस्, यायोक्खा बान्तावा भाषाको शब्द हो, कथित् राई भाषाको शब्द होइन । किनकि कथित् राईको भाषा नै छैन ।) नामक गैर सरकाररी संस्था, समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ का हर्ताकर्ता राई सर/राईनी म्याडमहरुले १० हजार नगदसहितको मानेश्वरी/मदनेश्वरी राई पुरस्कारले हत्त न पत्त सम्मान गरे ! तर, हाल ती कूपात्र कुन हालतमा छन् ? अनि नेपाल, सिक्किम, दार्जिलिङ लगायत देश/विदेशमा रहेका कुलुङहरुबीच उनको छवि कस्तो छ ? त्यो बेला आकाश नै खसाएछ !, धरती नै फटाएछ !! भन्ठानेर हत्त न पत्त १० हजार नगदसहितको मानेश्वरी/मदनेश्वरी राई पुरस्कारले दिने राई सर/राईनी म्याडहरुलाई नै थाहा छैन होला ?
जे होस्, यो समीक्षा लेख्ने क्रममा विगत लामो समयदेखि कुलुङ जातिका अगुवाहरु जातीय स्वपहिचानकने आन्दोलन गर्ने÷लाग्ने क्रममा कसर रिकस्तोकस्तो वाधा–व्यवधानहरु पार गर्दै अगाडि बढ्दैछ ?, कुलुङ समुदाय कसरी अगाडि बढ्यो ?, कसरी अगाडि बढ्दैछ ? भन्ने बारेमा केही प्रष्ट्याउनै पर्ने भएकोले माथि केही लामो गन्थन–मन्थन गरियो । यसका लागि सगरमाथा अनलाइनका सम्पादक, यसका पाठक लगायतमा क्षमाप्रार्थी छु । यसरी हालसम्म आइपुग्दा कुलुङ जातिभित्रै थर/उपथरहरु २ सय ६० देखि २ सय ७० भन्दा बढी भैसकेको छ । लेखक इन्द्र कुलुङले लेखेको आप्mनो किताबमा कुलुङ जातिको जन्म, विवाह, मृत्यु संस्कार, सांस्कृतिक ज्ञान, रीतिथिति, चाडपर्व आदिबारे जान्न र बुभ्mन चाहने बुद्धिजीवी, लेखक, पत्रकार, विद्यार्थी (खासगरी मानवशास्त्रीहरु हौं भन्ने तर, मानवशास्त्रको धर्म अनुसार लेख्न, बोल्न र, खोज अनुसन्धान गर्न नसक्नेहरु) का साथै अन्य शोधार्थीहरुका लागि पनि ‘हामी किराती’ नामक किताब बृहत् इनसाइक्लोपेडिया नै हो भन्दा फरक पर्दैन । त्यति मात्रै होइन, नेपालका केही मानवशास्त्रका विद्यार्थी, शोधार्थी र मानवशास्त्री हौं ! भन्नेहरुले अहिलेसम्म पनि वाध्यतावस वा भनौं स्वार्थवस मानवशास्त्रले ‘क्वान्टीटी अर्थात् परिणाम/संख्या होइन, क्वालीटी अर्थात् गुण/गुणस्तर हेर्छ’ भन्ने जान्दाजान्दै पनि संख्यालाई नै आधार मानेर किताब लेख्ने, प्रतिवेदन तयार पार्ने, आप्mनो अनुसन्धानको निचोड निकाल्ने आदि काम गर्दै आएका छन्, हो त्यस खालका मानवशास्त्रीहरुलाई ‘किराती कुलुङ’ नामक किताब मानवशास्त्र भनेको के हो ? र मानवशास्त्रबारे लेख्दा के÷कसरी लेख्नु पर्छ ? भनेर सिक्ने र मनन गर्ने एउटा गतिलो उदाहरण र गाइडलाइनको रुपमा लेखिदिएका छन् । जो आपूm स्वयम् भने कथित् मानवशास्त्री हुँ भन्ने तर, नेपालका कुनै पनि जात वा जातिबारे लेख्दा वा बोल्दा असली मानवशास्त्रीय ढंगले नलेख्ने, नबोल्ने, नसोच्नेहरुलाई त गतिलो झापट नै सावित भएको छ ।
विभिन्न खण्ड (१२ खण्ड), १६ अनुसूची र सन्दर्भ सामग्री सूची समेत रहेको ‘किराती कुलुङ’ नामक किताबमा लेखक इन्द्र होनीत्ती कुलुङले कुलुङ जातिको परिचयबाट सुरु गरेर (पाना–१) उपसंहार (पाना–२१०) र सन्दर्भ सामग्री सूची (पाना–२९७) समेटेका छन् । यसरी सुरुमा लेखकले कुलुङ जातिको परिचय दिने क्रममा लेखेका छन्, ‘कुलुङ नेपालको किराती मूलको एक आदिवासी जाति हो । यस समुदायको मूल बसोवास थलो सोलुखुम्बुको “महाकुलुङ” क्षेत्र हो । हूङ्वा (हूङ्गा) उपत्यका आसपासका क्षेत्रहरु पर्ने “महाकुलुङ” को शीरमा सगरमाथा (चोमोलुङमा) रहेको छ । छेम्सी, छेस्खाम, सोत्तो, हूल लगायतका भूमि/स्थानहरुलाई “महाकुलुङ” भनिन्छ । ती क्षेत्रहरुलाई हाल सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका (बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै) आदि नामले चिनिन्छ । महाकुलुङको आसपासमा पर्ने क्षेत्रहरु) भोजपुरको दोभाने, खाटाम्मा, तिनतामा, कुलुङ, चौकीडाँडा, नेपाले डाँडा, दिङला, कुदाकाउले, सालेवा लगायत क्षेत्रहरु, संखुवासभाको ताम्कु, बाला, सिसुवा (किताबमा शीसूवा भएको छ ।), माङ्तेवा, यापूm, मकालु र खोटाङको रावा क्षेत्र लगायत विभिन्न क्षेत्रहरुमा पनि कुलुङहरु परम्परागत रुपमा बसोवा गरिआएका छन् ।’
त्यस्तै लेखकले खण्ड २ को उपखण्ड १ मा किराती, कुलुङ र महाकुलुङ ऐतिहासिक पृष्ठभूमि शीर्षकमा लेखेका छन्, ‘किरातीहरु विश्वको प्राचीन जातिहरुमध्येको एक हो । विभिन्न विद्धान (र हुनु पर्ने ठाउँमा कमा छ) र इतिहासविदका अनुसार किराती भू–मध्य सागरीय क्षेत्र (नाहोर, बेबीलोन) मा विकास भै क्राइष्ट जन्मनुभन्दा २४०० वर्ष पूर्व (२४०० वर्षअघि) उत्तर–पूर्वतिर लागे । तिनीहरुमध्ये केही असिरियनहरुको देश मेसोपोटामिया आइ असिरियन (असुर) हरुसँग मिलेर बसे । पछि तिनीहरु (किरात–असुर) उत्तरी पर्सियाको निशा र मेदिया हुँदै उत्तरी भारत र हिमाली क्षेत्रतिर सरे । उनीहरुलाई निशामा ‘खम्बोज’ वा ‘यभन’ भनेर चिनिन्थ्यो । संस्कृत भाषामा लेखिएको योगिनी तन्त्रमा ती किरातीहरुलाई यवन, पल्लभ, कोच, पुलिन्द जाति उल्लेख गरिएको छ ।’ पाना–७, । त्यस्तै लेखकले नेपालमा शासन गरेका किराती वंशको वंशावलीको सन्दर्भमा पनि विभिन्न देशी/विदेशी विद्धानहरुले लेखेको किताब र वंशावलीहरुलाई स्रोत मानेर आप्mनो तर्क पेश गरेका छन् । जस्तै गोपाल राज वंशाली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिहंका अनुसार २९ पुस्ता, कर्कपेट्रिकले लेखे अनुसार २७ (१६४० वर्ष) पुस्ता, सिल्भ लँभी (सिल्भा लेवी) का २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, स्वामी तथा ‘राई’ ! डा. प्रपन्नाचार्यका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता, ‘सुब्बा’ प्रेम बहादुर माबोहाङ लिम्बुका अनुसार ३३ पुस्ता, भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले शासन गरेका थिए । पाना–८/९ । त्यस्तै लेखकले उपशीर्षक ३ मा कुलुङ तथा महाकुलुङ भूमिको नामाकरण अन्तर्गत लेखेका छन्, ‘कुलुङका चार पूर्खाहरु बसोवास गरेको हूल (हूलू), सोत्तो (सोताङ), पिल्मो (पील्मोङ), छेम्सी र छेस्खामलाई “महाकुलुङ” भनेर चिनिन्छ । खप्दूलू, राताप्खू, ताम्सी र छेम्सी नामका ती चार पूर्खाहरु रावाखोलाबाट सोलुखुम्बुको हूङ्वा (हूङ्गा) उपत्यकामा आइ बसोवास गरेका थिए । शिकार खेल्दै आएका ती चार पूर्खाहरु हूङ्वा उपत्यका क्षेत्रको अलग अलग स्थानमा बसे । राताप्खू सोत्तोमा, खप्दूलू पिल्मोमा, छेम्सी छेम्सीमा र ताम्सी छेस्खाममा बसोवास गरे । जीविकोपार्जनका निम्ति त्यही भूमि उपयोग गर्न थाले ।’ पाना–१४/१५ ।
त्यस्तै लेखकले हाल नेपालमा आपूmहरुलाई किराती दावी गर्दै आएका समुदाय (किताबमा समूह भएको छ ।) को बारेमा पनि केही उल्लेख गरेका छन् । त्यस क्रममा लेखकले २०६८ मा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मानेर सम्बन्धित जातजातिको जनसंख्याको तथ्यांकलाई पनि आप्mनो किताबमा उल्लेख गरेका छन् । जुन तथ्यांक प्रयोगलाई सकारात्मक ढंगले लिन सकिन्छ । पाना–१२ ।
कसैलाई मन परे पनि मन नपरे पनि विश्वभरि नै कुनै पनि जातजाति वा समुदायको सुरुको आप्mनो जातीय नाम वा जातीय चिनारी कसरी रहन गयो ? भन्ने बारेमा किम्बदन्ती वा भनौं मौखिक रुपमा सुन्दै÷भन्दै आएको अनुश्रुतिहरु रहेको हुन्छ । कुलुङ जातिको पनि सुरुमा कसरी कुलुङ भनी जातीय नाम रहन गयो ? यसबारेमा पनि लेखकले विभिन्न मिथक, स्रोत व्यक्ति, विभिन्न आधार र तथ्य/प्रमाणसहित उल्लेख गरेका छन् । लेखकले आप्mनो किताबको शीर्षक २ को उपशीर्ष ३ को १, २ र ३ मा कुलुङ नाम बारे विस्तृतमा उल्लेख गरेका छन् । लेखक कुलुङ जाति ठाउँबारे उपशीर्षक १ मा लेखे अनुसार ‘माप्य नाम गरेको खालिङ किरातीहरुको पूर्खा साल्पा भञ्ज्याङ, पाँचपोखरी हुँदै तेङबोचे लागेछन् । सो क्रममा पाँचपोखरभिन्दा केही तल जङ्गलमा ढुङ्गामा खाल्डो परेको स्थानमा पानी जमेको देखेछ । ढुङ्गामा पानी जमेको देखेर माप्य (खालिङ पूर्खा) ले “कुः लुङ” भनेछ । खालिङ भाषामा “कुः” भनेको पानी र “लुङ” भनेको ढुङ्गा हो । स्मरण रहोस्, कुलुङ लगायत अरु किरातीहरुले पनि ढुङ्गालाई “लुङ” भनेरै पुकार्छन् । त्यसरी खालिङ पूर्खाले ढुङ्गामा पानी जमेकोलाई “कुः लुङ” त्यस ठाउँलाई कुलुङ भन्न थालियो ।’
त्यस्तै उपशीर्षक २ अनुसार ‘बान्तावा भाषामा ढुङ्गेनी जग्गामा पानी उम्रेको वा जमेको स्थान (सिमसार, हिलोसहितको दलदल जमीन) लाई कुलुङ भनिन्छ । ढुङ्गेनी जग्गामा हिलोसहितको दलदललाई कुहिएको, कुहिएको ढुंङ्गाको दलदललाई समेत कुलुङ भन्ने गर्दछन् । … उहिले किरातीहरुमा पाखा बालीको मात्रै चलन थियो । धान खेती गर्ने चलन थिएन । सोही मुताबिक धेरै किरातीहरुले आप्mनो पितृपूजा वा संस्कार गर्दा त्यही पाखा बाली (कोदो, फापर, घैयावा घैयाको चिउरा) प्रयोग गर्ने चलन रहीआएको पाइन्छ । धान खेतीका लागि हिलो, दलदल भएको जमीन (कुलुङ) वा पानी लाग्ने जमीन उपयुक्त मानिन्छ । …. ’
त्यस्तै लेखकले उपशीर्षक ३ मा लेखेका छन्, ‘बान्तावा भाषामा नै आप्mनो मावली वंशलाई “कुरुङ” भनी सम्बोधन गरिन्छ । कुनै बान्तावा पूर्खाहरुको मावली सम्बन्ध कुलुङहरुको पूर्खाहरुसँग भएको हुन सक्दछ । सोहीअनुसार बान्तावा पूर्खाहरुले कुलुङहरुको पूर्खालाई कुरुङ भन्दै आए । पछि कुरुङ शब्द नै अपभ्रंश भएर कुलुङ भएको हुन सक्दछ । हालको कुलुङको पूर्खाहरुलाई कुलुङ शब्दले चिनिन लाग्यो र कुलुङ पहिचानबाटै भूमिको नाम पनि कुलुङ रहेको हुन सक्दछ (पृथ्वीराज मुकारुङ) । कुरुङ शब्दसँग मेलखाने शब्द ईश्वरवार। अर्यालले पनि उललेख गरेका छन् । उहाँका अनुसार नेपाल उपत्यकामा कुरुङ, थुलुङ र येलुङ दलले तीनपटक हमला गरेका थिए र अन्तिममा येलुङ दलका सरदार येलुङले सफलता प्राप्त गरी नेपालमा किरात राज्यको स्थापना गरे ।’
यी बाहेक लेखकले आप्mनो किताबमा कुलुङ जातिको समग्र इतिहास, ऐतिहासिक भूमि, कुलुङ जातिको वंशावली, जन्म, विवाह, मृत्यु लगायत कुलुङ जातिले मान्दै र गर्दै आएको विभिन्न उत्सव, चाडपर्व, संस्कार, संस्कृति र, कुलुङ जातिले यी जन्म, विवाह, मृत्यु लगायत विभिन्न उत्सव, चाडपर्व, संस्कार, संस्कृति, रहन, सहन किन अपनाउनु पर्ने भन्नेसम्मका कुरोहरु प्रस्ट्याएका छन् । साथै कुलुङ जातिको रहनसहनदेखि लिएर कुलुङ जातिले लगाउने लुगाफाटा, गरगहना, श्रृङ्गारका सरसामान, सांस्कृतिक थलो, आदिम पूर्खाहरु र उनीहरुका बारेमा कुलुङ समुदायमा रहेको किम्बदन्ती र लोक कथा आदि बारे प्रस्टसँग उल्लेख गरेका छन् । यसका लागि लेखक इन्द्र होनीत्ती कुलुङ केवल कुलुङ जातिका लागि मात्रै नभएर अन्य किराती जातिहरु, नेपालका आदिवासी जनजातिहरु, देश÷देशावरका खोज तथा अनुसन्धानकर्ताहरु र नेपालकै पनि समग्र जातजाति खासगरी किराती महाजाति र, त्यसभित्र पनि कुलुङ जातिका बारेमा जान्न र बुभ्mन चाहने बुद्धिजीवी, लेखक, पत्रकार, विद्यार्थी (खासगरी मानवशास्त्रीहरु हौं भन्ने तर, मानवशास्त्रको धर्म अनुसार लेख्न, बोल्न र, खोज अनुसन्धान गर्न नसक्नेहरु) का साथै अन्य शोधार्थीहरुका लागि पनि ‘किराती’ नामक किताब लेखेर धन्यवादका सत्पात्र भएका छन् भन्दा अतिशय हुँदैन । साथै लेखकलाई यो किताब जति सक्दो चाँडो अंग्रेजी लगायत अन्य भाषामा पनि प्रकाशित गर्नु हुन अनुरोध मेरो व्यक्तिगत अनुरोध छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!