सोलुखुम्बु, चैत ७ गते । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकको आगमनसँगै ड्रोन क्यामेरा चुनौति बन्दै गईरहेको छ । पर्यटकहरुको लागि ड्रोन सामान्य जस्तै बनिसकेको भएपनि नेपालमा यस सम्बन्धि ऐन तथा कानुनी प्रकृयाको समस्याको कारण सगरमाथा क्षेत्रमा पनि चुनौती बन्दै गईरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
सगरमाथा क्षेत्रमा कसैले सोधीखोजी नै नगरि क्यामेरा लाने गरेको समेत पाईएको तथा क्यामेरा सानो हुने भएकोले पर्यटकको झोला चेकजाँच गर्न नसकिने भएकोले चुनौती भईरहेको सुचना अधिकारी खड्काले बताउनु भयो । उहाका अनुसार अनुगमनका लागि कुनै ‘टेक्नोलोजी’ नभएकोले अनुगमन गर्न नसकिने भएको जनाएको छ ।
नेपालमा ड्रोन क्यमेरा उडाउन गृह मञ्त्रालयबाट स्विकृत दिनुपर्ने व्यवस्था छ । सगरमाथा क्षेत्र घुम्न आउदा धेरै पर्यटकले गृह मन्त्रालयबाट स्विकृती नै नलिई आउने गरेको र सहज रुपमा प्रयोग गर्न पाउने नपाउने विषयमा सोध्नेको क्यामेरा सुरक्षित राखिदिने र फर्कदा जिम्मा दिने गरेको सगरमाथा राष्«िय निकुञ्जको कार्यालय नाम्चेका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो ।
सगरमाथा राष्ट्रिय निकुञ्जभित्र अनुमतिविना ड्रोन क्यामेरा भित्रीरहेको हुदा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ मा ड्रोन क्यमेरा सम्बन्धि ऐनको व्यवस्था गर्नुपर्ने भएकोले यसको लागि सगरमाथा राष्ट्रिय निकुञ्जले प्रस्ताव गरिसकेको सुचना अधिकारी खड्काले बताउनु भयो ।