सोलुखुम्बु, चैत १५ गते । छुवाछुट अन्त्यको व्यवहारिक कार्यन्वयनको लागि सोलुखुम्बुको महाकुलुङ गाउपालिका ३ छेस्कामले नया वर्षको अवशरमा सहभोजको आयोजना गर्ने भएको छ । नया वर्ष तथा बैसाख १ गतेको दिन वनभोजको रुपमा सबै जातजातीलाई सँगै राखेर सहभोज खुवाउने कार्यक्रम तय भएको वडापालिका अध्यक्ष डेक बहादुर कुलुङले बताउनु भयो ।
जिल्लाको पहिलो छुवाछुट कार्यन्वयण भएको वडापालिका घोषणा गर्ने तयारीको अन्तिम चरणमा पुगेको अध्यक्ष राईले बताउनु भयो ।‘यो सरकारी निकायबाट जवरजस्त कार्यन्वयन गर्न खोजिएको होईन । बास्तवमा यहा धेरै वर्षयता छुवाछुट नदेखिएको र सबै मिलेर सदभावले बसेकोले घोषणाको तयारीमा मात्र लागिएको हो ।’ छेस्काममा विश्वकर्मा, नेपाली, शेर्पा, तामाङ र कुलुङको बसोबास रहेको छ भने पहिलेदेखि नै छुवाछुट नभएको स्थानीय साङगे विकले बताउनु भयो ।‘पहिले अलि अलि थियो तर माओवादीको १० वर्षे युद्धबेलादेखि अन्त्य भएको हो ।’ सोहि अवशरमा ७० वर्ष माथिका बृद्धबृद्धालाई सम्मान गर्ने कार्याक्रम पनि रहेको वडा कार्यालय छेस्कामले जनाएको छ ।
छेस्काममा विभिन्न जातजातीको बसोबास रहेको भएपनि छुवाछुटको घटना नभएको हुदा त्यस क्षेत्रमा यस्तो घटना तथा क्रियाकलाप हुदैन है भनेर जिल्लाको पहिलो वडा हुदै पहिलो गाउपालिका नै घोषणा गर्ने कार्यक्रम रहेको महाकुलुङ गाउपालिकाका अध्यक्ष सागर किरातीले बताउनु भयो ।