
चैत २६, बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।
तीन महिना अवधिमा करणी, हिंसालगायतका अपराध बढ्नुका कारण पत्ता लगाउदै अपराध न्यूनीकरणको उपाय खोजिने जनाइएको छ।
अपराध र रोकथाम तथा न्यूनीकणका लागि चेतना जगाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिला तथा बालबालिका शिक्षामा जोड दिने,लैंगिक आधारमा हुने हिंसा तथा विभेद अन्त्यका लागि मौजुदा काननुको प्रभावकारी कार्यान्वयनमा जोड दिने, स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तयार पारिने डीएसपी थापाले बताए।