छुवाछुट मुक्त वडा घोषणा

छुवाछुट अन्त्यको व्यवहारिक कार्यन्वयनको लागि सोलुखुम्बुको महाकुलुङ गाउपालिका ३ छेस्कामले नयाँ वर्षको अवशरमा सहभोजको आयोजना गरेको छ । ‘जातिय भेदभाव रहितको सहमाज, समाजको छुवाछुट अन्त्यको लागि सहभोज’ भन्ने नारासहित नयाँ वर्षको दिन वनभोजको रुपमा सबै जातजातीलाई सँगै राखेर सहभोज खाएर छुवाछुट अन्त्यको घोषणा गरिएको वडापालिका अध्यक्ष डेक बहादुर कुलुङले बताउनु भयो । कार्याक्रममा उल्लेख्य सहभागिता रहेको वडा समितिको कार्यालय छेस्कामले जनाएको छ ।
जिल्लाको पहिलो छुवाछुट कार्यन्वयण भएको वडापालिका घोषणा गरिएको अध्यक्ष राईले बताउनु भयो । ‘यो सरकारी निकायबाट जवरजस्त कार्यन्वयन गर्न खोजिएको होईन । बास्तवमा यहा धेरै वर्षयता छुवाछुट नदेखिएको र सदभावले बसेकोले घोषणाले कार्यन्वयन मात्र गरिएको हो ।’ छेस्काममा विश्वकर्मा, नेपाली, शेर्पा, तामाङ र कुलुङको बसोबास रहेको छ भने पहिलेदेखि नै छुवाछुट नभएको स्थानीय साङगे वि.क.ले बताउनु भयो ।‘पहिले अलि अलि थियो तर माओवादीको १० वर्षे युद्धबेलादेखि अन्त्य भएको हो ।’ सोहि अवशरमा ७० वर्ष माथिका ४३ जना बृद्धबृद्धालाई सम्मान समेत गरिएको वडा कार्यालय छेस्कामले जनाएको छ ।
त्यस्तै सोहि अवशरमा नयाँ वर्षको अवशरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको आयोजककले जनाएको छ ।
छेस्काममा विभिन्न जातजातिको बसोबास रहेको भएपनि छुवाछुटको घटना नभएको हुदा त्यस क्षेत्रमा यस्तो घटना तथा क्रियाकलाप हुदैन है भनेर जिल्लाको पहिलो वडा हुदै पहिलो गाउपालिका नै घोषणा गर्ने कार्यक्रम रहेको महाकुलुङ गाउपालिकाका अध्यक्ष सागर किरातीले बताउनु भयो ।
-सोलुखुम्बु, बैसाख १ गते ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!