
सोलुखुम्बु, बैसाख ७ गते । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले यस आर्थिक वर्षमा करिव ११ करोड बढि राजश्व संकलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सुचना अधिकारी मान बहादुर खड्काका अनुसार पर्यटक आगमन शुल्क, साहसिक पर्यटन(प्याराग्लाईडिङ, रक क्लाईम्बिङ), हेलीकोप्टर अवतरण शुल्क आदीबाट १० करोड ९७ लाख बढि राजश्व संकलन भएको हो ।
निकुञ्जको कार्यालयले सबैभन्दा बढि राजश्व पर्यटकको आगमन शुल्कबाट सँकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि चैत मसान्तसम्मको अवधिमा ४३ हजार ३०४ जना पर्यटकको आगमन शुल्कवापत मात्र १० करोड २५ लाख ५० हजार ५ सय राजश्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । साथै अन्य विभिन्न शीर्षकको राजश्व गरि जम्मा १० करोड ९७ लाख २२ हजार २ सय २१ रुपेया राजश्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सुचना अधिकारी खड्काले जानकारी दिनु भयो ।
त्यतै चैत महिनामा मात्र १० हजार २२५ जना पर्यटकले सगरमाथा क्षेत्रमो भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चको तथ्याङ्क रहेको छ । पर्यटकहरु प्रवेश गर्दा गत चैत महिनामा मात्र दुई करोड ७ लाख ७३ हजार ८८३ रुपैयम राजश्वको संकलन भएको छ । गत फागुन महिनामा ३ हजार २४४ जना पर्यटकको आगमन भएकोमा चैत महिनामा ७ हजार ३१ जनाले पर्यटकको संख्यामा बृद्धि भएको सगरमाथा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो ।